शेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्याे

Mar 26, 2019 Merolagani



शेयर बजार परिसूचक नेप्सेमा मंगलबार सामान्य सुधार आएको छ। सोमबार ३.८७ अंकले बढेको नेप्से परिसूचकले मंगलबार थप २.०७ अंकको भरोसा प्राप्त गरेको हो। सूचक सकारात्मक रहेपनि मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा २ करोड ७६ लाखले घटेको छ।

मंगलबारको २.०७ अंकको वृद्धिसँगै नेप्से सूचक ११४०.७२ बिन्दुमा पुगेको छ । मंगलबार १७१ कम्पनीका ८ लाख ८२ हजार ८८५ कित्ता शेयर २१ करोड ५१ लाख रुपैयाँमा कारोबार भयो । सोमबार २४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबार आएका १० उपसमुहमध्ये मंगलबार लघुवित्तको सूचक बाहेक सबैमा सुधार सहित कारोबार बन्द भएको छ । माइक्रोफाइनान्सको सूचक ५.१२ अंकले नकारात्मक बनेको छ । यसदिन निर्जीवन बीमाको सुचक सबैभन्दा धेरै २४.१९ अंकले बढेको छ । यस्तै उत्पादन तथा प्रशोधन ११.०६, अन्य ५.४२, हाइड्रोपावर ३.२२, होटल १.९४, बाणिज्य बैंक १.१६, जीवन बीमा ०.५८, फाइनान्स ०.२८ र विकास बैंक ०.०२ अंकले सुधारिएका छन् ।

 

यस दिन नेपाल बंगलादेश बैंकको संस्थापक शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । बैंकको संस्थापक शेयर एक करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बाँकी कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

एनएमबि बैंकको ९६ लाख, अपर तामाकोशीको ७४ लाख, प्राइम कर्मसियल बैंकको ६४ लाख, सिद्धार्थ बैंक ६२ लाख, इन्भेष्टमेन्ट बैंक ६२ लाख, एनआईसी एशिया ६१ लाख र एनसीसी बैंकको ६० लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ ।

मंगलबारको बजारबाट नेपाल सेवा लघुवित्तका शेयरधनीहरुले सबैभन्दा धेरै ५ प्रतिशतले कमाएका छन् । यस्तै एनएमबि हाइब्रिड फण्ड १ को इकाईमूल्य ३.९५, पोखरा फाइनान्सको शेयरमूल्य ३.०८ प्रतिशतले बढेको छ ।

भार्गव विकास बैंक, एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य, नाडेप लघुवित्त, बरुण हाइड्रोपावर, राष्ट्रिय बीमा संस्थान कम्पनीको संस्थापक शेयरमूल्य पनि २ प्रतिशत भन्दा बढीले बढेको छ।

यता कारोबार तेस्रो दिन पनि युनिर्भल पावर र शिवम्को शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। युनिर्भसल पावरको ९.८७ र शिवम् सिमेन्टको शेयरमूल्य ९.८१ अंकले घटेको हो ।

मिथिला लघुवित्तका शेयरधनीले ५.५४ प्रतिशत र सर्पोट माइक्रोफाइनान्सको ५.११ प्रतिशतले मंगलबारको बजारबाट गुमाएका छन् ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।