नेप्से सूचकमा दबाब कायमै, मूल्य घट्दा नेपाल लाईफको उच्च कारोबार

Mar 21, 2019 Merolagani



साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । चार दिन खुलेको यस साताको बजारमा पछिल्लो तीन कारोबार दिन नेप्से सूचक २१.१६ अंक तल झरेको छ भने आइतबार मात्रै ५.९९ अंकले उकालो लाग्याे।

सोमबार ७.४७, मंगलबार ६.८३ र बिहीबार ६.८६ अंकले सूचक ओरालो लागेको हो। यससँगै साताको शेयर बजार ११४०.६० बिन्दुमा बन्द भएको छ । मंगलबार अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा १५ करोडभन्दा तल खस्किएको कारोबार रकम भने बिहिबार सुधारिएको छ । 

अन्तिम कारोबार दिन बिहीबार १७१ कम्पनीका ९ लाख ७४ हजार ७२६ कित्ता शेयर २७ करोड २४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भयो । मंगलबार १४ करोड ८६ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

चार उपसूचक मात्र सकारात्मक

बिहीबार कारोबारमा आएका ११ उपसूचक मध्ये चार उप समूहकाे सूचक सकारात्मक देखिएका छन् भने बाँकी ७ उपसमूहकाे सूचक ऋणात्मक बने। निर्जीवन, जीबन बीमा तथा ब्यापारको उपसमूहकाे सूचक एक प्रतिशत बढीले घटेका छन्। सकारात्मक रहेका विकास बैंक, अन्य, होटल र उत्पादनका सूचक समान्य मात्र बढेका छन् ।

यस दिन विकास बैंक उपसमूहको इन्डेक्स २.७६ अंक, उत्पादन तथा प्रशोधन १.१६, होटल १.०३, अन्य ०.११ अंकले सुधार भएका छ। यता जीवन बीमाको सूचक सबैभन्दा धेरै ६९.१८ अंकले घटेको छ। यस्तै निर्जीवन बीमा ६१.७६, माइक्रोफाइनान्स १०.४६, वाणिज्य बैंक ७.१९, हाइड्रोवापरको ५.१८, व्यापार २.७९ र फाइनान्सको सूचक १.३७ अंकले नकारात्मक रहे ।

नेपाल लाइफको उच्च कारोबार

शेयरमूलय घटेपछि यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । ४८.५ प्रतिशत लाभांश घोषणा गरेको इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता २४ रुपैयाँले घटेर प्रतिकित्ता १०७३ रुपैयाँमा झरेको छ। नेपाल लाईफको कूल २ करोड ४ लाखरुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै ग्लोवल आइएमई बैंकको संस्थापक शेयर १ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने अन्य कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् । सिटिजन्स बैंक, अपर तामाकोशी, एनआईसी एशिया नागरिक लगानी कोष, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेपाल क्रेडिट एण्ड कर्मस बैंकको ८० लाख बढीको कारोबार भयो ।

आशा लघुवित्तको शेयरमूल्य निरन्तर बढ्दै

गत माघ १८ देखि २२ गतेसम्म साधारण शेयर जारी गरेर फागुन २७ गतेदेखि कारोबार खुलेको आशा लघुवित्तका शेयरधनीहरुले बिहिबारको कारोबारबाट सबैभन्दा धेरै कमाएका छन्।

आशा लघुवित्तका शेयरधनीहरुले ९.९१ प्रतिशतले नाफा कमाएका हुन् । फागुन २७ गते अधिकतम ३०० रुपैयाँसम्मको कारोबार रेञ्ज पाएको यस लघुवित्तको शेयरमूल्य ८ कारोबार दिनमा ६६.६७ प्रतिशत अर्थात २०४ रुपैयाँले बढिसको छ ।

यस्तै भार्गव विकास बैंकको शेयरमूल्य ३ं.६५ प्रतिशत र संग्रिला विकास बैंकको शेयरमूल्य ३.५५ प्रतिशतले बढेको छ । गुराँस लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, दिव्यश्वरी र रैराङ्ग हाइड्रोपावरको शेयरधनीले २ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

गुमाउनेमा अधिकांश लघुवित्त कम्पनी

बिहीबारको बजारबाट गुमाउने कम्पनीहरुमा अघिकांश लघुवित्त कम्पनीहरु रहेको छ । गुमाउने शिर्ष दश कम्पनीमा शिर्ष ७ कम्पनी लघुवित्त नै रहेको छ ।

ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशतले घटेको छ। यस्तै उन्नति माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्सको शेयरधनीले ५ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

नागबेली, जनउत्थान लघुवित्त, नयाँ नेपाल, नेपाल सेवा लघुवित्त र तारागाउँ रेजेन्सी होटलको शेयरमूल्य पनि ३ प्रतिशत बढीले घटेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।