विकास बैंकहरु पनि व्याजदर घटाउने विषयमा छलफल गर्दै, कति तोक्लान व्याजदर ?

Dec 21, 2018 Merolagani



वाणिज्य बैंक तथा वित्त कम्पनीहरुले निक्षेपको व्याजदरमा छाता संगठनमा सहमति गर्दै व्याजदर घटाए पछि विकास बैंकहरु पनि व्याजदर घटाउने अभियानमा लागेका छन् । यसका लागि शुक्रबार दउँसो २ बजेका लागि डेभलपमेण्ट बैंकर्स संघको बैठक बोलाइएको छ ।

वाणिज्य बैंकहरुले आइतबारसम्ममा व्याजदर नघटाए आफुहरुले व्याज बढाउने चेतावनी राष्ट्र बैंकलाई दिएका विकास बैंकहरु वाणिज्य बैंकले व्याजदरमा नयाँ सहमति गरे पछि व्याजदर घटाउन जुटेका हुन् ।

दरबारमार्गमा बोलाइएको छलफलमा व्याजदरका विषयमा छलफल हुने एशोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले मेरोलगानीलाई बताए । उनले भने, साथीहरु छलफलमा जुट्दै हुनुहुन्छ, कति व्याजदर तोक्ने भन्ने विषयमा छलफल पछि नै निर्णय हुन्छ । अधिकतम १० प्रतिशतभन्दा माथि जाँदैनौं ।’

एशोसिएसनका एक सदस्यका अनुसार अधिकतम ९.७५ प्रतिशतमा सहमति जुट्ने सम्भावना छ । यद्यपी धेरै विकास बैंकहरु १० प्रतिशतमा मुद्धती निक्षेप लिने योजनामा छन् । यस आधारमा विकास बैंकहरुले ९.७५ वा १० प्रतिशतमा सहमति जुटाउन सक्छन् ।

साधारण बचतमा भने फाइनान्स कम्पनीको सरह विकास बैंकहरुले यस अघिको ७ प्रतिशतलाई नै निरन्तरता दिने बुझिएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।