विकास बैंकहरु पनि व्याजदर घटाउने विषयमा छलफल गर्दै, कति तोक्लान व्याजदर ?

Dec 21, 2018 Merolagani



वाणिज्य बैंक तथा वित्त कम्पनीहरुले निक्षेपको व्याजदरमा छाता संगठनमा सहमति गर्दै व्याजदर घटाए पछि विकास बैंकहरु पनि व्याजदर घटाउने अभियानमा लागेका छन् । यसका लागि शुक्रबार दउँसो २ बजेका लागि डेभलपमेण्ट बैंकर्स संघको बैठक बोलाइएको छ ।

वाणिज्य बैंकहरुले आइतबारसम्ममा व्याजदर नघटाए आफुहरुले व्याज बढाउने चेतावनी राष्ट्र बैंकलाई दिएका विकास बैंकहरु वाणिज्य बैंकले व्याजदरमा नयाँ सहमति गरे पछि व्याजदर घटाउन जुटेका हुन् ।

दरबारमार्गमा बोलाइएको छलफलमा व्याजदरका विषयमा छलफल हुने एशोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले मेरोलगानीलाई बताए । उनले भने, साथीहरु छलफलमा जुट्दै हुनुहुन्छ, कति व्याजदर तोक्ने भन्ने विषयमा छलफल पछि नै निर्णय हुन्छ । अधिकतम १० प्रतिशतभन्दा माथि जाँदैनौं ।’

एशोसिएसनका एक सदस्यका अनुसार अधिकतम ९.७५ प्रतिशतमा सहमति जुट्ने सम्भावना छ । यद्यपी धेरै विकास बैंकहरु १० प्रतिशतमा मुद्धती निक्षेप लिने योजनामा छन् । यस आधारमा विकास बैंकहरुले ९.७५ वा १० प्रतिशतमा सहमति जुटाउन सक्छन् ।

साधारण बचतमा भने फाइनान्स कम्पनीको सरह विकास बैंकहरुले यस अघिको ७ प्रतिशतलाई नै निरन्तरता दिने बुझिएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।