गुराँस लघुवित्त आईपिओ निष्काशनको माग गर्दै पुग्यो धितोपत्र बोर्ड

Dec 27, 2018 Merolagani

गुराँस लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ। लघुवित्तले २ लाख ५० हजार कित्ता आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको हाे ।

लघुवित्तले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न माग गर्दै पुस १० गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ र चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ ।

लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।