आन्तरिक राजश्व कार्यालय तुलसीपुरकाे राजश्व असुलीमा वृद्धि

Jan 25, 2019 RSS

आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ । रु ९७ करोड ७५ लाख पाँच हजार राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले लक्ष्यको तुलनामा आठ प्रतिशत अर्थात् रु सात करोड ८१ लाख ८३ हजार बढी राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, सङ्कलन भएको राजश्वमा आयकरतर्फ रु ४६ करोड १० लाख ९६ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ३३ करोड ४६ लाख ३८ हजार, घर बहालतर्फ रु तीन करोड ३६ लाख ५८ हजार रहेको छ ।

त्यस्तै अन्तःशुल्क करतर्फ रु २० करोड ३७ लाख ७३ हजार, ब्याज करतर्फ रु एक करोड ३० लाख ५५ हजार, शिक्षा शुल्क करतर्फ रु ६९ लाख २८ हजार र स्वास्थ्य सेवा करतर्फ रु २५ लाख ४२ हजार राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत लीलाप्रसाद शर्माले जानकारी दिए ।

उनले भने,“पुरानो बक्यौता असूलीका साथै कर परीक्षण र कर अनुसन्धानमा पछिल्लो समयमा गरिएको वृद्धिले पनि करको दायरामा वृद्धि भएको छ र यसबाट हामी लक्ष्यभन्दा बढी कर उठाउन सफल भएका छौँ ।
त्यसैगरी विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजश्व सङ्कलनमा वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्र्नुले पनि राजश्व सङ्कलन बढेको उनको भनाइ छ ।

कार्यालयले आगामी दिनमा राजश्व असूली एवं धेरै भन्दा धेरै क्षेत्रलाई करको दायरामा ल्याउन आफ्ना गतिविधि केन्द्रित गर्ने लक्ष्य लिएको प्रमुख कर अधिकृत शर्माले बताए ।

नयाँ करदाता थपिए

चालू आवको यस अवधिमासम्म छ हजार नयाँ करदाता थपिएका सो कार्यालयले जनाएको छ । थपिएका नयाँ करदातासहित हाल यस कार्यालयको दायराभित्र विभिन्न छ जिल्लाका ८० हजार करदाता रहेका छन् ।

नयाँ करदाता थपिएका कारण राजश्व सङ्कलनमा वृद्धि भएको सो कार्यालयका कर अधिकृत लक्ष्मणसिंह श्रेष्ठले बताउनुभयो । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा भने समस्या देखिएको छ ।

एकजना उपसचिव, छ जना अधिकृत, र आठजना नायब सुब्बाको दरबन्दी रहेको सो कार्यालयमा हाल एकजना उपसचिव, तीन जना अधिकृत र तीन जना नायब सुब्बा मात्र कार्यरत छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।