नेपाल इन्स्योरेन्सको बोनस पाउन कर तिर्नुपर्ने ! तपाईलाई कति ? हेर्नुहोस्

Nov 26, 2019 10:03 AM Merolagani



नेपाल इन्स्योरेन्स (NICL) ले मंसिर ९ गते नेपाल स्टक एक्सचेञ्जमा ७ लाख ६४ हजार ३२७ कित्ता बोनस शेयर सूचीकृत गरेको छ। सो बोनस शेयर कम्पनीले आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट घोषणा गरेको ७.५ प्रतिशत बोनस लाभांश वापतको शेयर हो।

कम्पनीले बोनसमा कर प्रयोजनको लागि ४० लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेपनि बीमा समितिले अस्वीकृत गरेपछि सो बोनस पाउन शेयर वापत लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्ने भएको हो।

बोनसमा साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात साउन २३ गतेसम्म कायम लगानीकर्ताले बोनस पाउनेछन्।

यस अनुसार सो मितिसम्म कायम शेयरधनीले बोनसमा लाग्ने कर एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका अन्य शाखाहरु लालदरबार काठमाण्डौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिक चोक बुटवल, र गोल्छाचोक विराटनगरबाट तिर्न सक्नेछन्।

बोनसमा लाग्ने कर बुझाएपछि मात्र बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गगरिने भन्दै क्यापिटलले साउन २३ भन्दा पछि शेयर अभौतिकरण गराएका शेयरधनीको बोनस शेयर जम्मा गरिएको र अन्यको पनि क्रमश जम्मा गर्दै जाने जनाएको छ।

हालसम्म पनि डिम्याट खाता नखोलेका शेयरधनीलाई समेत खाता खोली शेयर अभौतिकीकरण गर्न निएको छ।

नेपाल इन्स्योरेन्सको भदौ ८ गते आइतबार सम्पन्न इन्स्योरेन्सको ७० औं वार्षिक साधारणसभाले ७.५० प्रतिशत बोनस शेयर र मर्जर तथा एक्वीजिशनमा जाने निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको थियो।

चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको ७.५ प्रतिशत बराबरको बोनस शेयर पूँजीकरण पछि एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा इन्स्योरेन्सले १५ करोड ८५ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ४ करोड ९१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधि सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वार्षिक १९ रुपैयाँ २९ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४४ र मूल्य आम्दानी अनुपात १३.८५ गुणा छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।