नगारिक लगानी कोष र महालक्ष्मी विकास बैंकको बोनस सूचीकृत

Jan 28, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा सोमबार ४१ लाख २८.६२ कित्ता शेयर सूचीकृत भएको छ । नगारिक लगानी कोष र महालक्ष्मी विकास बैंकले सो परिमाणको बोनस शेयर सूचीकृत गराएका हुन् ।

जसमध्ये नागरिक लगानी कोषको १९ लाख ९२ हजार २८९.६६ कित्ता र महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७.९६ कित्ता बोनस शेयर रहेको छ ।

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७३/७४ आम्दानीबाट शेयरधनीलाई वितरण २२.०६ प्रतिशत बोनस सूचीकृत गराएको हो ।

यस्तै महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।