कर्पोरेट डेलपमेन्ट बैंकले खराब कर्जा उठाएर कमायो ६ करोड खुद नाफा

Jan 31, 2019 Merolagani



कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) ले राष्ट्र बैंकबाट समस्याग्रस्त संस्थाबाट मुक्त भएपछि खराब कर्जा असुलीबाट आफ्नो वित्तीय अवस्था सुधार गर्दै आएको छ । यसै क्रममा बैंकले चालू आवको दोस्रो त्रैमाससम्म ५ करोड ८७ लाख खराब कर्जा उठाउँदा बैंकको नाफा ६ करोड ४६ लाख पुगेको छ ।

समीक्षा अवधिमाा बैंकले नियमित कारोबारबाट एक करोड २२ लाख सञ्चालन नाफा कमाएको छ । गत आवको पुस मसान्तमा बैंक ६ लाख ७३ हजार सञ्चालन नोक्सानीमा रहेको थियो ।

बैंकले निष्कृय कर्जा अनुपात सुधार ब्यापक सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष पुस मसान्तमा बैंकको खराब कर्जा अनुपात ९८।६१ प्रतिशत रहेकोमा ३३।८६ प्रतिशतमा झरेको छ ।

तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले खुद ब्याज आम्दानीमा वृद्धि हुदा खुद नाफा बढेको हो । यस अवधिमा बैंकले दुई करोड ४९ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत पुसमा बैंकको खुद ब्याज आम्दानी १८ लाख ७४ हजार मात्र थियो ।

बैंकको चुक्ता पूँजी कल इन एडभान्स्ड सहित ३६ करोड २२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष तीन करोड ४ लाख रुपैयाँले ऋणात्मक छ ।

पुस मसान्तसम्ममा ११ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २२ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ५९ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात ८९ गुणा बढी छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।