कर्पोरेट डेलपमेन्ट बैंकले खराब कर्जा उठाएर कमायो ६ करोड खुद नाफा

Jan 31, 2019 Merolagani



कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) ले राष्ट्र बैंकबाट समस्याग्रस्त संस्थाबाट मुक्त भएपछि खराब कर्जा असुलीबाट आफ्नो वित्तीय अवस्था सुधार गर्दै आएको छ । यसै क्रममा बैंकले चालू आवको दोस्रो त्रैमाससम्म ५ करोड ८७ लाख खराब कर्जा उठाउँदा बैंकको नाफा ६ करोड ४६ लाख पुगेको छ ।

समीक्षा अवधिमाा बैंकले नियमित कारोबारबाट एक करोड २२ लाख सञ्चालन नाफा कमाएको छ । गत आवको पुस मसान्तमा बैंक ६ लाख ७३ हजार सञ्चालन नोक्सानीमा रहेको थियो ।

बैंकले निष्कृय कर्जा अनुपात सुधार ब्यापक सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष पुस मसान्तमा बैंकको खराब कर्जा अनुपात ९८।६१ प्रतिशत रहेकोमा ३३।८६ प्रतिशतमा झरेको छ ।

तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले खुद ब्याज आम्दानीमा वृद्धि हुदा खुद नाफा बढेको हो । यस अवधिमा बैंकले दुई करोड ४९ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत पुसमा बैंकको खुद ब्याज आम्दानी १८ लाख ७४ हजार मात्र थियो ।

बैंकको चुक्ता पूँजी कल इन एडभान्स्ड सहित ३६ करोड २२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष तीन करोड ४ लाख रुपैयाँले ऋणात्मक छ ।

पुस मसान्तसम्ममा ११ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २२ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ५९ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात ८९ गुणा बढी छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।