ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा खरायोको चालमा बढ्दा इपिएस कछुवाकाे चालमा

Feb 06, 2019 Merolagani

ग्रीन डेभलपमेन्ट बैंक ((GRDBL) को खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा खरायो चालमा बढोत्तरी भएपनि उच्च पूँजीवृद्धिका कारण बैंकको प्रतिशेयर आम्दानी भने कछुवाको चालमा मात्र बढेको छ ।

यस अवधिमा बैंकको खुद नाफामा गत वर्ष पुसको तुलनामा ४९०.४० प्रतिशतले बढोत्तरी देखिएको छ। गत पुस मसान्तमा १४ लाख ५८ हजार खुद नाफा आर्जन गरेको बैंकको खुद नाफा ८६ लाख ८ हजार पुगेको हो ।

उच्च पूँजी वृद्धिको भारले बैंकको इपिएस ज्यादै न्यून मात्र बढेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न चार सय प्रतिशत हकप्रद जारी गरेको बैंकको प्रतिशेयर आम्दानी भने वार्षिक ३ रुपैयाँ ४४ पैसा मात्र रहेको छ । गत पुसमा बैंकको प्रतिशेयर आम्दानी वार्षिक २ रुपैयाँ ९२ पैसा रहेको थियो ।

यस अवधिमा बैंकको चुक्ता पूँजी १० करोडबाट ५० करोड पुर्याएको छ भने जगेडा कोषमा पनि उत्कृष्ट सुधार गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ५५ लाख ७६ हजार रुपैयाँले ऋणात्मक रहेको बैंकको जगेडा कोष चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५३ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

समीक्षाा अवधिमा बैंकको निक्षेप संकलन २.३२ प्रतिशतले घटेको छ भने कर्जा विस्तार ७४.३९ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तको तुलनामा चालू आवको यसै अवधिमा बैंकको निक्षेप ५९ करोड ४२ लाखबाट घटेर ५८ करोड ५ लाखमा झरेको छ । उता कर्जा विस्तार भने ४४ करोड ७८ लाखबाट बढाएर ७८ करोड ९ लाख परिचालन गरेको छ ।

पुस मसान्तसम्म बैंकले ५ करोड ३५ लाख ब्याज आम्दानी गरि २ करोड ६४ लाख ब्याज खर्च गर्दा २ करोड ७० लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १८०.८० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ९६ लाख २९ हजार खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

गत वर्षको पुस मसान्तसम्म सञ्चालन नाफा १० लाख ४७ हजार रुपैयाँले ऋणात्मक रहेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक करोड ३ लाख सञ्चालन नाफा कमाएको छ ।

बैंकले खराब कर्जा अनुपात ३ प्रतिशतबाट २.३० प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ३१.०७ गुणा बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।