सिन्धु विकास बैंकको खुद नाफा १४० प्रतिशत बढ्यो, इपिएस दाेब्बर

Jan 31, 2019 Merolagani



सिन्धु विकास बैंक (SINDU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको पुस मसान्तको तुलनामा एक करोड ५५ लाख रुपैयाँ अर्थात १४०.४ प्रतिशले धेरै हो ।

गत वर्षको दोस्रो त्रैमासमा बैंकले एक करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा करिब २० प्रतिशतले पूँजी बढाएको बैंकको जगेडा कोष साढे ११ प्रतिशतले सुधार भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा दुई अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ८१ करोड ७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । समीक्षा अवधिमा बैंकले ३२.९० प्रतिशत े धेरै खुद ब्याज आम्दानी गरेको छ । गत पुसमा ४ करोड ५२ लाख रहेकोमा ६ करोड एक लाख रुपैयाँ पुगेको हो ।

तीन करोड ११ लाख सञ्चालन नाफा आर्जन गरकेो बैंकले एक करोड ६ लाख खराब कर्जा वापत व्यवस्था गरेको रकम फिर्ता हुँदा नाफामा सुधार आएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा एक करोड ३४ लाख रुपैयाँ थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात बढेर १.७२ प्रतिशत पुगेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ २९ पैसाबाट दोब्बर हुँदा १० रुपैयाँ ६३ पैसा कायम भएको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ४८ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात ११.६५ गुणा बढी छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।