नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको खुद नाफा १७.४६ प्रतिशतले घट्यो

Feb 07, 2019 Merolagani



नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक (NCDB) को खुद नाफा गत वर्षको पुस मसान्तकाे तुलनामा चालु आर्थिक वर्षकाे यसै अवधिमा १७.४६ प्रतिशतले घटेको छ भने प्रतिशेयर आम्दानीमा पनि २ रुपैयाँ ६३ पैसाले गिरावट आएकाे छ ।

बैंकले चुक्ता पूँजी बढाएपनि खुद नाफामा सुधार गर्न नसक्दा बैंकको प्रतिशेयर आम्दानीमा गिरावट देखिएको हो ।

गत वर्ष ८ रुपैयाँ ६२ पैसा प्रतिशेयर आम्दानी गरेको बैंकको चालु आर्थिक वर्षको दाेस्राे त्रैमासमा प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९९ पैसा रहेको छ ।

गत वर्ष एक करोड ९२ लाख खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५९ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चुक्ता पूँजी १८.७७ प्रतिशतले बढाएर ५३ करोड १६ लाख पुर्याएको बैंकको जगेडा कोष गत बर्षको तुलनामा ४८ प्रतिशतले संकूचित बनेको छ । गत बर्षको पुस मसान्तसम्म जगेडा कोषमा ७ करोड ९४ लाख सञ्चित गरेको बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जगेडा कोषमा ४ करोड १२ लाख रुपैयाँ मात्र सञ्चित छ ।

यस अवधिमा बैंकले निक्षेप संकलन ५९.२८ प्रतिशतले बढाएर ३ अर्ब १४ करोड १० लाख पुर्याएको छ भने कर्जा विस्तार ६०.८३ प्रतिशतले बढाएर २ अर्ब ८४ करोड ४४ लाख बराबरको रकम परिचालन गरेको छ ।

बैंकले २० करोड ५ लाख ब्याज आम्दानी र १२ करोड ४० लाख ब्याज खर्च गरी ७ करोड ६५ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३७ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ५ करोड ५८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.२२ बाट १.४७ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात १९.५३ गुणा बढी छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।