सहारा विकास बैंकको खुद नाफा एक करोड १५ लाख

Feb 14, 2019 Merolagani



सहारा विकास बैंक (SHBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको नाफा ८५ लाख ८७ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको नाफा २९ लाख रुपैयाँले बढेको हो ।

यस अवधिमा सहराले ७ करोड २९ लाखबाट १६ करोड ३३ लाख रुपैयाँमा चुक्ता पूँजी बढाएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ७ रुपैयाँ ५ पैसा रहेको छ ।यस्तै बैंकको जगेडा कोषमा ४ करोड ७० लाख सञ्चित छ ।

पुस मुसान्तसम्ममा बैंकले ६८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले २७ करोड ३४ लाखले निक्षेप र १९ करोड ७४ लाख रुपैयाँ बढीले कर्जा लगानी विस्तार गरेको हो । सहाराको खराब कर्जा अनुपात २.६१ बाट घटेर १.३६ प्रतिशतमा सीमित भएको छ ।

बैंकको खुद ब्याज आम्दानी एक करोड ६५ लाख ९८ हजार रुपैयाँबाट एक करोड ५६ लाख ५८ हजारमा घटेका छ । अन्य सञ्चालन आम्दानी बढाउँदा बैंकले गत पु्समा रहेको ८५ लाखको सञ्चालन नाफा एक करोड १५ लाख ४३ हजार रुपैयाँँ पुगेकोे हो । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च नियन्त्रणमा राख्दा बैंकको नाफा बढेको छ ।

देवः विकास बैंकसँग प्राप्ती (विलय) प्रक्रियामा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।