एडीबी र एएफडीबीच पाँच अर्ब डलर लगानी गर्ने सहमति

Feb 08, 2019 RSS

एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ । दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो ।

उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजनामा लगानी हुनेछ ।

सन् २०१६ देखि २०२२ सम्मका लागि गरिएको उक्त साझेदारी फ्रेमवर्क सम्झौता (पीएफए) अन्तर्गत परियोजनाहरु छनौट र प्रवद्धन गरिने एडीबीले जनाएको छ ।

एडीबीका अनुसार पाँच अर्ब डलरमध्ये दुबै संस्थाबाट आधा आधा व्यहोरिनेछ । साथै, दुबै संस्थाले सहरी यातायातका क्षेत्रमा परियोजना अगाडि बढाउन पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो एजिएम, साढे ४८ प्रतिशत लाभांश बाँड्न कहिले गर्दैछ बुकक्लोज ?

Apr 26, 2019

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी बनेको छ। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९:३० बजे १९ औं वार्षिक साधारण सभा बोलाएको हो।