टेलिकमको बजार पूँजीकरण ५ दिनमा नै ३ अर्ब ३० करोड रुपैयाँ घट्यो, अन्यको कति ?

Feb 09, 2019 Merolagani



- तीर्थराज पाैड्याल।
सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनीकाे थप २६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्रीमा ल्याउने समाचार प्रवाहित भएपछि स्टक एक्सचेञ्जमा सबैभन्दा धेरै बजार पूँजीकरण रहेको टेलिकमकाे (NTC) बजार पूँजीकरण यस साता मात्रै ३ अर्ब ३० करोड रुपैयाँले घटेको छ।

घट्दो स्वरुप (वियरिस ट्रेण्ड) मा रहेको नेप्सेमा थप २६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्ने सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले दिएकाे सो समाचारको नकारात्मक असर पर्दा कम्पनीको बजार पूँजीकरण एक खर्ब ९ अर्ब ३५ करोड रुपैयाँबाट एक खर्ब ६ अर्ब पाँच करोडमा झरेको हो । 

१५ अर्ब रूपैयाँ चुक्त्ता पूँजी रहेकाे यस कम्पनीकाे एक साता अवधिमा कम्पनीकाे शेयरमूल्य रूपैयाँले प्रतिकित्ता २३ रूपैयाँ  घटेर ७०७ रूपैयाँमा झरेकाे हाे। गत बिहीबार कम्पनीकाे शेयर प्रतिकित्ता ७३० रूपैयाँमा काराेबार  बन्द भएकाे थियाे ।

टेलिकमको करिब २४ अर्बको थप शेयर बिक्री गर्ने विषयले शेयर बजार तरङ्ग

यस अवधिमा शेयर बजार परिसूचक नेप्से सातामा २२.०५ अंकले घटेको छ। परिसूचकको घटाइको बाबजुत नेपाल एबिआई कम्पनीको बजार पूँजीकरण ३२ अर्ब १९ करोड १६ लाखमा स्थिर रहेको छ। बैंकको शेयरमूल्य स्थिर रहेकाले बजार पूँजीकरण स्थिर रहेको हो । उच्च पूँजीकरण रहेका अन्य ९ वटै कम्पनीको पूँजीकरण घटेको छ ।

दोस्रो ठूलो बजार पूँजीकरण रहेको नबिल बैंकको ८० करोड ३८ लाख घटेर ६६ अर्ब ८० करोड ७ लाखमा झरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बजार पूँजीकरण ६५ अर्ब ४४ करोड ७० लाख रहेको छ । बैंकको यस साता एक अर्ब ३८ करोड १८ लाख रुपैयाँले बजार पूँजीकरण घटेको हो ।

यसैगरि चौथो ठूलो पूँजीकरण रहेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बजार पूँजीकरण पनि एक अर्ब ४५ करोड घटेर ४६ अर्ब ३६ करोड ७६ लाखमा झरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बजार पूँजीकरण यस साता ४४ अर्ब ५४ करोड ३५ लाख रहेको छ । यस बैंकको पनि एक सातामा ७२ करोड १० लाख रुपैयाँले बजार पूँजीकरण गुमेको छ ।

एभरेष्ट बैंकको कूल बजार पूँजीकरण ४१ अर्ब ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ । हिमालयन बैंक ३६ अर्ब ७२ करोड ३४ लाख, एनआईसी एशिया ३४ अर्ब ४५ करोड ३४ लाख, र दशों स्थानमा रहेको एनएमबि बैंकको कूल बजार पूँजीकरण ३० अर्ब १० करोड ४८ लाख रुपैयाँ रहेको छ ।

यस सातामा एभरेष्ट बैंकले ४८ करोड १६ लाख, हिमालयन बैंकले एक अर्ब ४४ करोड ८४लाख, एनआईसी एशियाले ८ करोड ८३ लाख, र दशौं स्थानमा रहेको एनएमबि बैंकले ३८ करोड ४७ लाख रुपैयाँले बजार पूँजीकरण गुमाएको हो ।

शेयर बजार घटेपछि उच्च पूँजीकरण भएका कम्पनीहरुको शेयरमूल्यमा गिरावट आउँदा आफ्नो बजार हिस्सा गुमाएका हुन् । पूँजीकरण घटेपनि यस साता दशवटै कम्पनी गत साताकै स्थानमा रहेका छन् ।

बजार पूँजीकरण १.९० प्रतिशतले घट्दा १४ खर्बमुनि झर्यो

नेप्से घटेसँगै एक साता अवधिमा शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापन गर्ने बजार पूँजीकरण १.९० प्रतिशत घटेर १३ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो बिहीबार (माघ १७ गते) कूल बजार पूँजीकरण १४ खर्ब १७ अर्ब २१ करोड रुपैयाँमा रहेको थियो । सूचक घटेसँगै गत हप्ताको तुलनामा यो हप्ता बजार पूँजीकरण २६ अर्ब ५७ करोडले गिरावट आएको हो।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।