सगरमाथा इन्स्योरेन्सकाे प्रतिशेयर आम्दानी साढे ३१ रुपैयाँ

Feb 13, 2019 Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी वार्षिक ३१ रुपैयाँ ५४ पैसा कायम गरेको छ। गत पुसको तुलनामा कम्पनीको इपिएस ५ रुपैयाँ ४३ पैसाले बढेको हो। पूँजी स्थिर रहँदा इपिएस सुधारिएकाे छ।

चालू आवको पुस मसुान्तसम्ममा कम्पनीले ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको यसैअवधिको तुलनामा करिब १ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले यसअवधिमा ५१ करोड ९९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष ४५ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ करोड ३३ लाख रुपैयाँले बढेको हो ।

यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट १५ करोड ७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले ६५ हजार ४२५ वटा बीमालेख जारी गरी हाल सम्म एक अर्ब ८ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

२ हजार ६२१ कुल दाबी वापत १८ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार ५९४ दाबीवापत ८१ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँमा स्थिर रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड २८ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती जगेडामा ८ करोड ५ लाख रुपैयाँ सञ्चित छ ।

गत आवको पुस मसान्तमा कम्पनीको जगेडा कोषमा २८ करोड ८५ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती जगेडा ४ करोड ५९ लाख रहेको थियो ।

पुस मसान्तको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ३१९ रुपैयाँ ६२ पैसा र मुल्यआम्दानी अनुपात ४२.४८ गुणा बढी छ ।

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।