निर्जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क ५ अर्ब ३६ करोड, शिखर इन्स्योरेन्सको मात्रै ९० करोड

Feb 21, 2019 Merolagani

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। जसमध्ये नेप्सेमो सुचिकृत १५ निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ५ अर्ब ३६ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

खुद बीमा शुल्क र खुद नाफामा शिखर इन्स्योरेन्स अघि, युनाइटेड इन्स्योरेन्स कमजोर

१५ निर्जीवन बीमा कम्पनीहरु मध्ये खुद बीमा शुल्क र खुद नाफा आर्जनको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ ।

बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत बीमा शुल्क आर्जन गरी धेरै नाफा कमाउन शिखर इन्स्योरेन्स सफल भएको हो। यस अवधिमा इन्स्योरेन्सले ९० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी २१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै नेको इन्स्योरेन्सले ६० करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरी १७ करोड ३ लाख रुपैयाँ खुदनाफा आम्दानी गरेको छ । यसैगरी २५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको राष्ट्रिय बीमा कम्पनीले १६ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

युनाइटेड इन्स्योरेन्सले सबै भन्दा कम १५ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १ करोड ७४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको हो ।

पाँच कम्पनीले पुर्याए न्युनतम चुक्ता पूँजी

बीमा समितिले गरेको व्यवस्था अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ कम्पनीले चुक्ता पूँजी कायम गरेका छन् । बीमा समितिले तोकेको न्युनतम १ अर्ब चुक्ता पूँजी नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल, नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले तोकेको चुक्ता पूँजी पुर्याएका हुन् ।

नेको इन्स्योरेन्सको चुक्त पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । यस्तै शिखरको १ अर्ब ५ करोड, हिमालयन जनलरको १ अर्ब २ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब १ करोड र प्रभु इन्स्योरेन्सको १ अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी छ ।

बाँकी कम्पनीहरुले पनि चुक्ता पूँजी वृद्धिको तयारी गरिरहेका छन् । राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा थोरै अर्थात २६ करोड ६६ लाख रुपैयाँ छ ।

जगेडा र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी बलियो

सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम सञ्चित भएको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब १५ करोड र बीमा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ ।

शिखर इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८८ लाख र बीमा कोषमा ९५ करोड ७२ लाख रुपैयाँ सञ्चित छ । यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ४४ करोड र बीमा कोषमा ५४ करोड ३४ लाख रुपैयाँ छ ।

युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम ४ करोड ४० लाख रुपैयाँ सञ्चित छ भने आइएमई जनरल इन्स्योरेन्सको बीमा कोषको आकार सबैभन्दा सानो छ। आइएमईको बीमा कोषमा २० करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थमा राष्ट्रिय बीमा कम्पनी अघि

 

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १२६ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ ९०८ रुपैयाँ १६ पैसा कायम छ ।

यस्तै शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९९ पैसा रहेको छ ।

सबैभन्दा कम प्रतिशेयर आम्दानी रहेको प्रभु इन्स्योरेन्सको ८ रुपैयाँ ८४ पैसा र सबैभन्दा कम प्रतिशेयर नेटवर्थ रहेको युनाइटेड इन्स्योरेन्सको ११४ रुपैयाँ ५७ पैसा छ ।

राष्ट्रिय बीमा कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात ७३.६१ गुणा बढी छ भने नेको इन्स्योरेन्सको सबैभन्दा कम १७.६९ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।