राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क दोब्बर हुँदा कसरी घट्यो ५४ प्रतिशतले खुद नाफा ?

Feb 13, 2019 Merolagani



राष्ट्रिय बीमा कम्पनी (RBCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमा शुल्क दोब्बर पुर्याउँदा पनि खुद नाफामा गिरावट आएको छ। यस अवधिमा कम्पनीले आयकर वापत ७ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेपछि खुद नाफा ५४.७७ प्रतिशतले घटेको हो ।

गत वर्षको यसै अवधिमा ५७ लाख २९ हजार रुपैयाँ आयकर भुक्तानी गरेको कम्पनीले यस अवधिमा ७ करोड १७ लाख रुपैयाँ बढी भुक्तानी गरेको छ । आयकर धेरै भुक्तानी गरेपछि कम्पनीको खुद नाफा २० करोड ४० लाख रुपैयाँले घटेको छ ।

गत वर्षको यहि अवधिमा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा १६ करोड ८४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको हो ।

कम्पनीको नाफा घटेपनि खुद बीमा शुल्क भने दोब्बर भन्दा बढीले बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा १००.७७ प्रतिशतले बढाएर २५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।

यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशन आयबाट १२ करोड ६४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा २ अर्ब १५ करोड ४८ लाख, बीमा कोषमा १ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ संचित छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले करिब ७ हजार ४५ वटा बीमालेखबाट ७२ करोड २२ लाख रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ । पुष मसान्तसम्ममा कम्पनीले ३६३ वटा दाबी वापत ४ करोड ४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले भुक्तान गर्नु पर्ने दाबी संख्या र रकम भने खुलाएको छैन ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२६ रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ ९०८ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात १५०.३७ गुणा बढी छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।