नेशनल इन्स्योरेन्सको खुद नाफामा सुधार,खुद बीमा शुल्क भने घट्यो

Feb 14, 2019 Merolagani



नेशनल इन्स्योरेन्स (NICLL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उलेख्य रूपमा खुद नाफा बढाएको छ। कम्पनीले पुस मसान्तसम्ममा १ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ५३ करोड ५८ लाख रूपैयाँ नाेक्सानी व्यहाेरेकाे थियो।

कम्पनीले ३६ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७ करोड ५३ लाख रुपैयाँले कम हो । गत वर्षको यहि अवधिमा ४४ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीले यस अवधिमा पूर्नबीमा कमिशन वापत ४ करोड ७७ लाख रूपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ८ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।

नेप्सेमा सूचीकृत नरहेको यस कम्पनीको चुक्ता पूँजी छैन भने जगेडा कोष ३८ करोड ३८ लाख रुपैयाँ ऋणत्मक छ। तर बीमा कोष भने ९९ करोड ९६ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा २ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। दुबै सूचाङ्कमा उत्कृष्ठ सुधार भएको हो।

यस अवधिसम्ममा कम्पनीले ११ हजार ८२५ बीमालेख जारी गरि कुल ४४ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा ३ हजार ५०३ बीमालेख मात्रै नविकरण भएको छ ।

इन्स्योरेन्सले १ हजार ४२० दाबी वापत ३८ करोड २७ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने १ हजार ३७० वटा दाबी वापत ७२ करोड ८७ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।