एनएलजी इन्स्योरेन्सको खुद नाफा ८ करोड ४५ लाख, ७.६१% बढ्यो

Feb 13, 2019 Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ७.६१ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको बीमा शूल्क ७६ लाख ६७ हजार रुपैयाँले घटेको हो । गत वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ३६ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सले पुनर्बीमा कमिशन आयबाट १२ करोड ४० लाख रुपैयाँ, र लगानी कर्जा तथा अन्य आयबाट तीन करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको जारी बीमालेखको संख्या ९५ हजार ८२५ रहेको छ । यसबाट कम्पनीले कूल ८३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १० करोड ७३ लाख बढी हो ।

यसैगरी इन्स्योरेन्सले चालू आवको दोस्रो त्रैमासिकको अन्त्यसम्ममा दुई हजार ४८१ संख्यामा परेको दाबी भुक्तानी वापत कूल ४५ करोड २३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार ३८० दाबीवापत ७४ करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले दुई हजार २३ संख्यामा परेको दाबी भुक्तानी वापत कूल ३२ करोड ७७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने एक हजार ८८१ संख्यामा परेको ७६ करोड १६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५१ करोड २३ लाखबाट ६४ करोड ४ लाखमा र बीमा कोषमा रकम सञ्चिति ६ करोड २० लाखबाट ७ करोड ४९ लाख तथा जगेडा कोषको आकार भने १७ करोड ८५ लाखबाट १६ करोड ४२ लाख रुपैयाँमा झरेको छ ।

यस अवधिमा कम्पनीको महा–विपत्ती जगेडामा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन गत आवको पुस मसान्तको तुलनामा ३२ लाख बढी हो ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ६६ पैसाबाट २६ रुपैयाँ ३९ पैसामा झरेको छ । यस अवधिमा यस कम्पनीको प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ २५ पैसा र मूल्यआम्दानी अनुपात ३२.४० गुणा बढी छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।