शेयर बजार कोमामा पुग्यो अब भिटामिनले पनि काम गर्दैन, रेस्क्यु चाहियो !

Feb 19, 2019 Merolagani



शेयर बजारका लगानीकर्ताले सरकारले जनाएका प्रतिबद्धता कार्यान्वयनमा नआउँदा शेयर बजार कोमामा पुगको र अब भिटामिनले पनि काम नगर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। मंगलबार संसदको अर्थ समतिको बैठकमा उपस्थित लगानीकर्ताहरुले बजारलाई रेस्क्यु गर्नुपर्ने अवस्था आएको बताएका छन्।

समितिको बैठकमा शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले पूँजीबजार सुधारका बिषयमा अध्ययन गर्न गठित समितिले प्रस्ताव गरेको सुझाव उपयुक्त भए पनि कार्यन्वयन हुन नसक्दा बजार सुधार हुन नसकेको बताए। पूँजी बजार दुर्घटनाउन्मूख रहेको भन्दै उद्यारको खाचो रहेको उनको भनाई थियो।

त्यस्तै इन्भेष्टर फोरमका नव नियुक्त अध्यक्ष छोटेलाल रौनियारले २३ खर्बको पूँजीबजार १३ अर्ब झरेको उल्लेख गर्दे लगानीकर्ता डराउने वातावरण उत्पन्न भएकोप्रति ध्यानकर्षण गराए। उनले बजार सुधारका लागि सरकारले घोषणा गरेका कार्यक्रम तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए। 

पूँजीगत लाभकरको बिषय अझै टुङ्गोमा नपुग्दा लगानीकर्ता अन्योलमा रहेको भन्दै उनले यस सन्दर्भमा सरकारको आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने माग समेत गरे।

 

बैंकको चर्को ब्याजदर नै अहिलेको पुँजी बजार विकासको मूख्य बाधक भएको बताउँदै रौनियारले बैंक ब्याजदर नियन्त्रण गर्नुपर्ने तर्क गरे। साथै उनले शेयर बजारको विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, बजार अध्ययन गरेर मात्रै प्यान लगाउनुपर्ने धारणा राखे।

'पूँजी बजार सुधारका लागि त्रि वर्षिया योजना बनाएर अगाडी बढ्नुपर्छ ।' शेयरको डिमाण्ड बढाउनु पर्छ। रौनियारले भने। 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।