पूर्ण स्वचालित अनलाईन प्रणालीमा कुनै समस्या छैन : साउद

Feb 19, 2019 Merolagani



- अनलाईन मार्फत २६ अर्बको कारोबार।
नेपाल स्टक एक्सचेन्जले पूर्ण स्वचालित अनलाईन प्रणालीमा कुनै समस्या नरहेको भन्दै ढुक्क भएर कारोबार गर्न लगानीकर्तालाई आग्रह गरेको छ। पूँजी बजारका समस्याबारे मंगलरबार संसदको अर्थ समितिमा भएको छलफलमा बोल्दै नेप्सेका कार्यकारी निर्देशक चन्द्र सिंह साउदले नेपालको शेयर बजार अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरे।

  अनलाईन प्रणाली सुरु भएको ८१ दिनमा २८ सय १५ जनाले पूर्ण अनलाईन पद्धतीबाट कारोबार गरेको जानकारी दिँदै उनले देशै भरी अनलाईन मार्फत कारोबार गर्न लगानीकर्ताहरु उत्साहित देखिएको बताए।

सुरुको दिनमा युनिक क्लान्ट कोडमा समस्या देखा परेको र प्राविधिक रुपमा नेप्से कमजोर हुँदा अलमलमा परे पनि पछिल्लो ८१ दिनमा २६ अर्बको कारोबार अनलाईन प्रणालीबाट भएको साउदको दाबी थियो ।

नेप्से काम नगरी बसेको छ भन्ने आलोचनालाई अस्वीकार गर्दै कार्यकारी निर्देशक साउदले समयमै सूचना नदिने ४० भन्दा बढी कम्पनीलाई कारबाही गरेको पनि प्रष्ट्याए ।

नेप्से नीति कार्यन्वयन गर्ने संस्था भएकाले नेप्सेको ढोकामा बसिने अनसनमा कुनै अर्थ नरहने उनको भनाई थियो ।

बैंकलाई लाईसेन्स दिन नेप्से तयार रहेको र सोही अनुसार बैंकहरु पनि तयारी गर्दै रहेको साउदले बताए। कार्यकारी निर्देशक साउदले मार्केट डिलर दिन आफूहरु तयार रहेको पनि बताए।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।