राजस्व सचिव र लगानीकर्ताहरूबिच सिंहदरवारमा छलफल जारी

Mar 13, 2019 merolagani



सरकार र शेयर बजार लगानीकर्ताहरूबिचको छलफल सिंहदरवारमा जारी छ । राजस्व सचिव लालशंकर घिमिरेका उपस्थित बैठकका नेपाल इन्भेस्र्टर फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधि सहभागी छन् । 

घिमिरे राजस्व सचिव भएर आएपछि पहिलो पटक शेयर लगानीकर्ताहरूसँग अन्तकृयामा बसेका हुन ।

लगानीकर्ताले सरकारले चैत दोश्रो साता आयोजना गर्न लागेको लगानी सम्मेलनलाई समेत लक्षित गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि अर्थमन्त्रालय छलफलका लागि सक्रिय भएको हो । तर आन्दोलनको कार्यक्रम घोषणा गर्ने लगानीकर्ता दवाव समूहका प्रतिनिधि भने छलफलमा सहभागी छैनन् ।

छलफलमा लगानीकर्ताले प्रस्तुत गरेका मागहरू सचिव घिमिरेले टिपोट गरेका छन् । लगानीकर्ताहरूले विगतमा कार्यदलले सुझाव दिएर कार्यन्वयन हुन वाँकी बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् भने पूँजीगत लाभकर र शेयर बजारमा प्यान अनिबार्य गर्ने बिषयमा सरकारको जवाफ मागिरहेका छन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।