Wed, Mar 11, 2026
सरकार र शेयर बजार लगानीकर्ताहरूबिचको छलफल सिंहदरवारमा जारी छ । राजस्व सचिव लालशंकर घिमिरेका उपस्थित बैठकका नेपाल इन्भेस्र्टर फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधि सहभागी छन् ।
घिमिरे राजस्व सचिव भएर आएपछि पहिलो पटक शेयर लगानीकर्ताहरूसँग अन्तकृयामा बसेका हुन । लगानीकर्ताले सरकारले चैत दोश्रो साता आयोजना गर्न लागेको लगानी सम्मेलनलाई समेत लक्षित गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि अर्थमन्त्रालय छलफलका लागि सक्रिय भएको हो । तर आन्दोलनको कार्यक्रम घोषणा गर्ने लगानीकर्ता दवाव समूहका प्रतिनिधि भने छलफलमा सहभागी छैनन् । छलफलमा लगानीकर्ताले प्रस्तुत गरेका मागहरू सचिव घिमिरेले टिपोट गरेका छन् । लगानीकर्ताहरूले विगतमा कार्यदलले सुझाव दिएर कार्यन्वयन हुन वाँकी बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् भने पूँजीगत लाभकर र शेयर बजारमा प्यान अनिबार्य गर्ने बिषयमा सरकारको जवाफ मागिरहेका छन् ।
घिमिरे राजस्व सचिव भएर आएपछि पहिलो पटक शेयर लगानीकर्ताहरूसँग अन्तकृयामा बसेका हुन ।
लगानीकर्ताले सरकारले चैत दोश्रो साता आयोजना गर्न लागेको लगानी सम्मेलनलाई समेत लक्षित गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि अर्थमन्त्रालय छलफलका लागि सक्रिय भएको हो । तर आन्दोलनको कार्यक्रम घोषणा गर्ने लगानीकर्ता दवाव समूहका प्रतिनिधि भने छलफलमा सहभागी छैनन् ।
छलफलमा लगानीकर्ताले प्रस्तुत गरेका मागहरू सचिव घिमिरेले टिपोट गरेका छन् । लगानीकर्ताहरूले विगतमा कार्यदलले सुझाव दिएर कार्यन्वयन हुन वाँकी बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् भने पूँजीगत लाभकर र शेयर बजारमा प्यान अनिबार्य गर्ने बिषयमा सरकारको जवाफ मागिरहेका छन् ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।