सुध्रिएन शेयर बजार, निरुत्साहित लगानीकर्ता पर्ख र हेरको अवस्थामा

Feb 06, 2019 Merolagani



लगानीकर्ताको आन्दोलन र माग बमोजिम सरकार तथा नियमनकारी निकायहरुले बजार सुधारका विभिन्न गतिविधि अगाडि बढाए पनि शेयरबजारमा त्यसको प्रभाव पर्न सकेको छैन् । बैंक ब्याजदर नघट्दा बजार सुधारका काम समेत छायामा परेका छन् ।

मंगलबार मात्रै अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन निर्देशन दिएका थिए । बैंकहरुले प्रकासित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा बैंकहरुको आधार ब्याजदरमा समेत कमि आएको छ । तर बैंकहरुले कर्जाको ब्याजदर घटाएका छैनन् । कर्जाको ब्याजदर घट्ने संकेत नमिल्दा बजार सुधारका गतिविधिले शेयर लगानीकर्ताहरुलाई उत्साहित बनाउन सकेको देखिदैन् ।

लगानीकर्ताको माग बमोजिम अर्थमन्त्रालय,राष्ट्र बैंक धितोपत्र बोर्ड र नेप्सेले बजार सुधकार केहि कामहरु अगाडि बढाईसेकको भएपनि लगानीकर्ताको आत्मबल बढ्न सकेको छैन् । अनलाइन कारोबार प्रणालीमा देखिने गरेका विभिन्न समस्याहरुले पनि लगानीकर्ता बजारप्रति सकारात्मक बन्न सकेका छैनन् । जसले गर्दा लगानीकर्ता पर्ख र हेरकै अवस्थामा रहेका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको अर्धबार्षिक मौद्रिक नीतिको समिक्षाका लागि सरोकारवाला सँग छलफल थालेको छ । लगानीकर्ताको ध्यान मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा समेत बढ्न थालेको छ । जसले गर्दा कारोबार बढ्न सकेको छैन भने सूचकमा समेत गिरावट देखिएको छ ।

बुधबार नेप्से परिसूचक ७.३८ अकंले घटेर ११३९.७२ बिन्दुमा झरेको छ । १६७ कम्पनीको ७ लाख ४६ हजार ९४६ कित्ता शेयर २३ करोड ५६ लाख रुपैयाँमा खरिद बिक्री भयो । कारोबारमा आएका सबै समूहको सूचक घटेपछि बजार राताम्मे भएको छ ।

यस दिन पनि माथिल्लो तामाकोशी हाइड्रोपावरको अधिक शेयर कारोबार भएको छ । तामाकोशीको एक करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । त्यस्तै सामुदायिक लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई समुन्नत योजना एक र उन्नती माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै चार प्रतिशत बढीले घटेको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।