दिव्यश्वरी हाइड्रोपावर २५ लाख खुद नोक्सानीमा, प्रतिशेयर नेटवर्थ ६१ रुपैयाँ ८५ पैसा मात्र

Feb 20, 2019 Merolagani



दिव्यश्वरी हाइड्रोपार कम्पनी (DHPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा करपछि २५ लाख ३२ हजार रुपैयाँ खुद नोक्सानीमा वयहाेरेकाे वित्तीय विवरण सर्वजानिक गरेको छ। कम्पनीको फाइनान्सियल कस्ट ३ करोड ७० लाख पुगेपछि कम्पनी घाटामा पुगेको हो।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा हेर्ने हो भने कम्पनीले आफ्नो नोक्सानीले सुधार गर्दै लगेको छ । गत वर्ष कम्पनीले ९३ लाख ४१ लाख रुपैयाँ खुद नोक्सानी व्योहोरेको थियो । यस अवधिमा कम्पनीले ६८ लाख ९ हजार रुपैयाँले खुद नोक्सानी सुधार गरेको हो । 

जलविद्युत्त कम्पनीको विद्युत्त विक्रीबाट ५ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ६९ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस्तै कम्पनीले ६६ करोड ७३ लाख रुपैयाँ दिर्घकालीन कर्जा उपयोग गरेको छ ।

कम्पनीले जगेडा कोष १० करोड ७ लाख रुपैयाँ सञ्चिति नोक्सानीमा छ। गत वर्षको यहि अवधिमा ४ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको जगेडा कोष यस अवधिमा ५ करोड ९० लाख रुपैयाँले नोक्सानी बढेको हो ।

दिव्यश्वरी हाइड्रोपावरको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । यस्तै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८४ पैसा नोक्सानीमा र प्रतिशेयर नेटवर्थ ६१ रुपैयाँ ८५ पैसा मात्र रहेकाे छ ।

 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।