खानीखोला हाइड्रोपावरको नोक्सानीमा ५७ लाख सुधार, अझै ७ करोड १७ लाख ऋणात्मक

Feb 16, 2019 Merolagani



खानीखोला हाइड्रोपावर (KKHC) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड १७ लाख नोक्सानी व्यहोरेको छ। यद्यपी कम्पनीले गत आवको पुस मसान्तको तुलनामा ५७ लाख २ हजारले नोक्सानी घटाएको हो।

गत पुससम्म कम्पनी ७ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । गत पुस मसान्तमा ३ करोड ७७ लाख ३८ हजार आम्दानी गरेको कम्पनीको आम्दानी ३ करोड २७ लाख ६६ हजारमा घटेको हो ।

आम्दानीसँगै खर्चका शिर्षकहरुमा गरिएको नियन्त्रण कारण कम्पनीको नोक्सानी भने समीक्षा अवधिमा घटेको हो । यस अवधिमा कम्पनीले ३४ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गर्दा नोक्सानी घटाउन सहयोग पुगेको हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा जगेडा कोष थप ऋणात्मक बनेको छ । गत पुसमा २० करोड ५ लाख रहेको जगेडा नोक्सानी ३५ करोड ६९ लाखमा पुगेको हो । कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार रहेको छ ।

प्रशासकिय खर्च गत आवको यसै अवधिको तुलनामा १५ लाख ९हजार रुपैयाँले कटौती गर्दै ६ करोड ४६ लाख मात्र गरेको छ ।ह्रास कट्टीमा पनि ४ करोड ९० लाखबाट ४ करोड ३३ लाख मात्र छुट्टाएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।