खानीखोला हाइड्रोपावरको नोक्सानीमा ५७ लाख सुधार, अझै ७ करोड १७ लाख ऋणात्मक

Feb 16, 2019 Merolagani



खानीखोला हाइड्रोपावर (KKHC) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड १७ लाख नोक्सानी व्यहोरेको छ। यद्यपी कम्पनीले गत आवको पुस मसान्तको तुलनामा ५७ लाख २ हजारले नोक्सानी घटाएको हो।

गत पुससम्म कम्पनी ७ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । गत पुस मसान्तमा ३ करोड ७७ लाख ३८ हजार आम्दानी गरेको कम्पनीको आम्दानी ३ करोड २७ लाख ६६ हजारमा घटेको हो ।

आम्दानीसँगै खर्चका शिर्षकहरुमा गरिएको नियन्त्रण कारण कम्पनीको नोक्सानी भने समीक्षा अवधिमा घटेको हो । यस अवधिमा कम्पनीले ३४ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गर्दा नोक्सानी घटाउन सहयोग पुगेको हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा जगेडा कोष थप ऋणात्मक बनेको छ । गत पुसमा २० करोड ५ लाख रहेको जगेडा नोक्सानी ३५ करोड ६९ लाखमा पुगेको हो । कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार रहेको छ ।

प्रशासकिय खर्च गत आवको यसै अवधिको तुलनामा १५ लाख ९हजार रुपैयाँले कटौती गर्दै ६ करोड ४६ लाख मात्र गरेको छ ।ह्रास कट्टीमा पनि ४ करोड ९० लाखबाट ४ करोड ३३ लाख मात्र छुट्टाएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।