चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बुटवल पावरले ७५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १४ करोड ११ लाख रुपैयाँ बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले ६१ करोड ७० लाख नाफा आर्जन गरेको थियो।
यस्तै समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोडबाट ३४.७९ प्रतिशत अर्थात ६२ करोड ९९ लाख रुपैयाँ बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । पूँजी वृद्धि उच्च हुँदा प्रतिशेयर आम्दानी घटेको हो।
गत वर्ष पुस मसान्तमा वार्षिक प्रतिशेयर आम्दानी ६८ रुपैयाँ १६ पैसा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ रुपैयाँ २ पैसाले संकसचन आई ६२ रुपैयाँ १४ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ६.०४ गुणा बढी छ ।
यस अवधिमा कम्पनीले विद्युत्त बिक्रीबाट हुने आम्दानी घटेर ३८ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ५.१५ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत्त बेचेर ४० करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको अन्य आम्दानी भने ४९ करोड ८९ लाख रुपैयाँबाट १९.३१ प्रतिशतले बढाएर ५९ करोड ५३ लाख पुर्याएको छ । त्यस्तै कम्पनीले उत्पादन लागत घटाएको छ भने वितरण लागत केही बढेको छ ।
बैंकहरुमा तरलता समस्या बढ्दा कम्पनीले बैंकमा राखेको मुद्धती बचतबाट हुने (फाइनान्स इनकम) आम्दानी बढेको छ । गत आवको पुस मसान्तमा १६ हजार आम्दानी गरेको यस कम्पनीले चालु आवको पुस मसान्तसम्म ८ करोड ९० लाख धेरै १३ लाख १६ हजार आम्दानी गरेको छ भने ब्याज खर्च नियन्त्रण गर्दै ३ करोड १० लाखबाट २ करोड २३ लाखमा घटाएको छ ।
यस कम्पनीसँग चल अचल गरि ८ अर्ब ३ करोड २७ लाख बराबरको सम्पत्ति रहेको छ भने ७४ करोड ९८ लाख अचल दायित्व र ६१ करोड ५२ रुपैयाँ बराबरको चालू दायित्व गरि एक अर्ब ३६ करोड ५० लाख बराबरको दायित्व रहेको छ । कम्पनीसँग चुक्ता पूँजी र जगेडा कोष गरि ६ अर्ब ६६ करोड ७७ लाख बराबरको इक्वीटी रहेको छ ।
यस अवधिमा कम्पनीकाे जगेडा काेषकाे अाकार ३ अर्ब एक कराेड २३ लाखबाट एक अर्ब २१ कराेड ४८ लाख बढाएर ४ अर्ब २२ कराेड ७१ लाखमा पुर्याएकाे छ ।