राधी विद्युतले नाफा घट्नुको यस्ता देखायो कारण

Feb 14, 2019 Merolagani



राधी विद्युत कम्पनी (RADHI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा घट्नुमा विद्युत्त प्राधिकरणको ३३ केभि प्रशारण लाईनमा बारम्बार आइराख्ने समस्या र खोलामा पानीको प्रवाह घट्दा त्यसको प्रत्यक्ष असर विद्युत उत्पादनमा परेको जनाएको छ।

राधी विद्युतले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ४.९३ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीले बिद्युत बिक्री मार्फत ८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १५ लाख १९ हजार रुपैयाँ बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बेचेर ७ करोड ९५ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।

त्यस्तै कम्पनीले अन्य स्रोत मार्फतको आम्दानी २५७.१८ प्रतिशतले बढाएर २५ लाख ९१ हजार आर्जन गरेको छ । आम्दानी समान्य वृद्धि र विभिन्न शीर्षकका खर्चमा बढोत्तरी देखिएपछि कम्पनीको नाफा घटेको हो । कम्पनीको सञ्चालन खर्च २३.४३ प्रतिशतले बढेर ७३ लाख पुगेको छ भने प्रशासनिक खर्च ३५.८४ प्रतिशतले बढेर ८६ लाख २६ हजार पुगेको छ ।

त्यस्तै ह्रासकट्टी ३.३२ प्रतिशतले बढेर एक करोड ८२ हजार पुगेको छ भने ब्याज खर्च ४.५२ प्रतिशतले बढेर २ करोड ३ लाख गरी जम्मा खर्च ११.४८ प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीले चुक्ता पूँजी ३३.६८ प्रतिशतले बढाएर ३३ करोड ७३ लाखबाट ४५ करोड १० लाख पुर्याएको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात १०.२९ गुणा बढी छ ।

गत आर्थिक वर्षससम्म ९ करोड ४० लाख ३० हजार सञ्चित नाफामा चालू आवको  ३ करोड ५९ लाख नाफा सञ्चित जगेडा कोषमा सार्दा गत आवको पुस मसान्तको तुलनामा ५.१७ प्रतिशतले सुधार भएर १२ करोड ७३ लाख ४९ लाख रुपैयाँ सञ्चित गरेको छ




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।