सिनर्जी पावरको खुद नाफा ४६.८४ प्रतिशतले घट्दा जगेडा नोक्सानी यथावत

Feb 14, 2019 Merolagani



सिनर्जी पावर डेभफपमेन्ट कम्पनी (SPDL) ले नाफा आर्जनमा वृद्धि गर्न नसक्दा कम्पनीको जगेडा नोक्सानी रकम ११ करोड ८० लाख रुपैयाँबाट झर्न सकेको छैन। चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा गत आवको यसै अवधिको तुलनामा ४६.८४ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीको बिद्युत्त बिक्रीको आम्दानी घट्दा खुद नाफा एक करोड ५९ लाख २६ हजार रुपैयाँले घटेको छ ।

गत आवको यसै अवधिमा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सिनर्जी पावरले चालू आवको ६ महिना अवधिमा ४६.८४ प्रतिशत कम एक करोड ८० लाख मात्र खुद नाफा अार्जन भएकाे छ ।

कम्पनीले नाफा बढाउन नसक्दा कम्पनीको जगेडा नोक्सानी ११ करोड ७९ लाख ४७ हजार रहेको छ । गत आवको यसै अवधिमा पनि कम्पनी ११ करोड ८० लाख ३४ हजारले जगेडा कोष ऋणात्मक रहेको थियो ।

हाइड्रो पावरको विद्युत बिक्री मार्फतको आम्दानी घटेसँगै कम्पनीको नाफामा गिरावट देखिएको हो । यस अवधिमा कम्पनीको बिद्युत बिक्री मार्फतको आम्दानी १२.८० प्रतिशतले घटेको छ । गत वर्ष विद्युत बेचेर १३ करोड २ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बेचेर ११ करोड ३६ लाख २० हजार रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै अन्य स्रोत मार्फतको आम्दानी पनि ५१.८२ प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा अन्य स्रोत मार्फत ५ लाख २ हजार आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ लाख ४२ हजार मात्र आम्दानी गरेको छ ।

 

यस अवधिमा कम्पनीको सञ्चालन खर्च घटेपनि प्रशासनिक खर्च र अन्य खर्चमा भने बढोत्तरी देखिएको छ । कम्पनीको सञ्चालन खर्च ३५ लाख ३४ हजारबाट घटेर २७ लाख ७९ हजारमा झरेको छ भने प्रशासनिक र अन्य खर्च भने ३१ लाख ७२ हजारबाट बढेर ४३ लाख ३६ हजार पुगेको छ ।

त्यस्तै कम्पनीले ९८ लाख ४२ हजार व्यक्तिगत खर्च र ७८ लाख ८४ हजार अन्य खर्च गरेको छ भने ४ करोड ४३ लाख रुपैयाँ बराबरको वित्तीय खर्च गरेको छ ।

चुक्ता पूँजी ७० करोड रहेको कम्पनीको गत वर्ष ९ रुपैयाँ ७२ पैसा प्रतिशेयर आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ रुपैयाँ १७ पैसामा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ १५ पैसा छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।