ङादी ग्रुप पावरको खुद नाफा २३% घट्यो,इपिएस गणना त्रुटीपूर्ण

Feb 14, 2019 Merolagani



ङादी ग्रुप पावर कम्पनी (NGPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८ लाख रुपैयाँ खुद नाफा नाफा कमाएको छ। गत वर्षको पुसको तुलनामा कम्पनीको खुद नाफा ३२ लाख ३७ हजार रुपैयाँले घटेको हो।

गत वर्षको यसै अवधिमा कम्पनीले एक करोड ४० लाख रुपैयाँ रुपैयाँ बराबर नाफा कमाएको थियो । विद्युत्त बिक्रीबाट हुने आम्दानी घट्नु र खर्च बढ्नु कम्पनीको नाफा घटाउने प्रमुख कारण देखिएका छन् । 

चालू आवको पुस मसान्तसम्म कम्पनीले विद्युत्त बिक्रीबाट ३ करोड ११ लाख रुपैयाँ कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनील तीन करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा दुई करोड ७३ लाख रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा तीन करोड तीन लाख रुपैयाँ थियो । गत पुसको तुलनामा अन्य आय भने केही बढेर ५८ हजार कमाएको छ ।

कम्पनीको जगेडा कोषमा ४ करोड २० लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात ३२.६७ गुणा बढी छ ।

ङादी ग्रुप पावरको पनि वित्तीय विवरण पनि त्रुटीपूर्ण

ङादी ग्रुप पावर कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा पनि प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात पनि गलत तवरबाट गणना गरेको छ ।

यस विवरणमा कम्पनीले वित्तीय विवरणमा दोस्रो त्रैमासिकमा कायम भएको २.०२ पैसा प्रतिशेयर आम्दानीलाई प्रथम त्रैमासको जसरी वार्षिकीकरण गरेर ८ रूपैयाँ ७ पैसा देखाएको छ । तर कम्पनीको वास्तकि प्रतिशेयर आम्दानी भने वार्षिक ४ रुपैयाँ ४ पैसा कायम हुने देखिन्छ ।

गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको थियो । नाफा घटेसँगै कम्पनीको इपिएस पनि घटेको हो । कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख ५४ हजार रुपैयाँ छ ।

प्रतिशेयर आम्दानी गणना नै गलत तवरबाट निकाल्दा कम्पनीको मूल्य आम्दानी अनुपात पनि गलत बन्न पुगेको छ । वित्तीय विवरणमा कम्पनीमा मूल्यआम्दानी अनुपात १६.३५ गुणा मात्र उल्लेख गरेको छ । तर कम्पनीकै वित्तीय विवरणमा नै कम्पनीको शेयर पुस ३० गते अन्तिम पटक १३२ रुपैयाँमा कारोबार भएकाले यसको इपिइस ४ रुपैयाँ ४ पैसाका आधारमा पिइ रेसियो ३२.६७ गुणा बढी देखिन्छ ।

नियामक निकाय नहुने कम्पनीहरुले प्रकाशि गर्ने वित्तीय विवरण हुबहु बुझ्नु र त्यस अनुसार लगानी रणनीति लिनु घातक हुने देखिन्छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।