जसले गर्दा शेयरधनीहरुलेलाई वित्तीय विवरण अध्ययन गर्न अप्ठेरो परेको छ ।
सिद्धार्थ इक्वीटी फण्डले ६८ वटा सूचीकृत कम्पनीहरुमा ६२ करोड ३८ लाख ५३ हजार रुपैयाँ लगानी गरेको वित्तीय विवरण प्रकाशन गरेको छ । जसमध्ये ३४ वटा कम्पनीको सम्पत्तिको मूल्य कति हो भन्ने जानकारी वित्तीय विवरणमा देखिँदैन ।
हेर्नुहोस् वित्तीय विवरण:-
सूचीकृत शेयरमा लगानी बढ्यो, प्रतिइकाई खुद सम्पत्ति मूल्यमा गिरावट
माघ महिनाको वित्तीय विवरण अनुसार कम्पनीको सूचीकृत शेयरमा गरिएको लगानी एक करोड १५ लाख रुपैयाँ बढेको छ । तर फण्डको प्रतिईकाई खुद सम्पत्ति मूल्यमा भने १३ पैसा गिरावट आएको छ ।
सिद्धार्थ इक्विटी फण्डले माघमा कूल ६८ वटा सूचीकृत कम्पनीको १६ लाख ५४ हजार ३०५ कित्ता शेयरमा ६२ करोड ३८ लाख ५३ हजार रूपैयाँ बराबरकाे लगानी रहेको छ। गत पुस मसान्तमा यस्तो लगानी ६१ करोड २३ लाख ५३ हजार थियो । यसैगरि गत पुसमा १० रुपैयाँ ७५ पैसा रहेको इक्वीटी फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ६२ पैसामा झरेको छ ।
एक अर्ब ५० करोड रुपैयाँ आकारको सिद्धार्थ इक्वीटी फण्डको खुद सम्पत्ति माघ मसान्तसम्ममा एक अर्ब ५९ करोड १३ लाख ८३ हजार ५३४ रुपैयाँ रहेको छ । पुस मसान्त सम्ममा खुद सम्पत्ति एक अर्ब ६१ करोड १८ लाख ६० हजार रुपैयाँ थियो । फण्डको खुद सम्पत्ति एक करोड ८६ लाख ७७ हजार रुपैयाँले घटेसँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको हो ।
फण्डको कूल आय पनि एक करोड ८६ लाख रुपैयाँले घटेको छ । गत महिना ८ करोड ४४ लाख रुपैयाँ कुल आम्दानी गरेको फण्डको आम्दानी माघ मसान्त सम्ममा ६ करोड ५८ लाख रुपैयाँ सीमित भएको हो ।
फण्डले सार्वजनिक निष्काशन, हकप्रद शेयर र बोनस शेयरमा लगानी २ करोड ४८ लाख ८० हजार र ऋणपत्र तथा बण्डमा ५ करोड ६० लाख ४२ हजार र १५ करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ । फण्डको बैंक मौज्दात ६१ करोड ९७ लाख रहेको छ जुन गत पुस मसान्तको तुलनामा ४ करोड ६ लाख कम हो ।