नागरिक लघुवित्त पनि मर्जर पार्टनरको खोजीमा

Feb 21, 2019 Merolagani



विं.सं. २०७४ साल माघ १५ गतेबाट वित्तीय कारोबार सञ्चालन गरि सञ्चालनमा आएको नागरिक लघुवित्त वित्तीय संस्था पनि मर्जर तथा प्राप्तीमा जान इच्छुक देखिएको छ। 

कम्पनीले फागुन १७ गते विशेष साधारण सभा डाकेर मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन विशेष प्रस्ताव पारित गर्दै आवश्यक प्रकृया बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने भएको छ। 

यस्तै लघुवित्तको रिक्त रहेको दुई सञ्चालकमा पदम प्रसाद गौतम र हेमराज बराल नियुक्त भएकाले विशेष साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव पनि विशेष साधारण सभामा रहेको छ ।

नागरिक लघुवित्त दोस्रो त्रैमासम्ममा ४९ लाख ६४ हजार नोक्सानीमा छ । कम्पनीको बनेपाको साँगामा केन्द्रीय कार्यालय रहेको छ ।

लघुवित्तको कार्यक्षेत्र काभ्रेपलाञ्चोक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, गोर्खा, धादिङ, लमजुङ र तनहुँ गरि १० जिल्लामा रहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।