नेपाल लाइफको अग्रता कायमै, कुन जीवन बीमा कम्पनीको कस्तो ?

Feb 22, 2019 Merolagani

नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि जीवन बीमा कम्पनीहरुको बीचमा आफ्नो अग्रता कायमै राखेको छ । यस अघि पनि निरन्तर आफ्नो व्यवसायको आकारलाई विस्तार गर्दै अब्बल रहेको कम्पनीले आफ्नो अग्रतालाई कायमै राखेको हो ।

बीमा व्यवसायको मुख्य श्रोत खुद बीमा शुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष र चुक्ता पूँजीमा नेपाल लाइफको अग्रता छ । ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल लाइफले अन्य इन्डिकेटरमा पनि आफुलाई अब्बल सावित गरेको छ ।

यस अवधि सम्ममा नेपाल लाइफ र नेशनल लाइफको मात्रै बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी २ अर्ब भन्दा बढी छ । नेशनल लाइफले पनि चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ । भने सबै भन्दा कम चुक्ता पूँजी गुराँस लाइफ इन्सयोरेन्सको ५९ करोड रुपैयाँ मात्रै छ ।


खुद बीमा शुल्कमा नेपाल लाइफको मात्रै ४३.९३ पतिशत योगदान

नेप्सेमा सूचिकृत पुराना ७ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल २३ अर्ब ८७ करोड बीमा शुल्कमा नेपाल लाइफले मात्रै १० अर्ब ४७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोे छ । यो कुल खुद बीमा शुल्कको ४३.९३ प्रतिशत हो ।

यस्तै एलआइसी नेपालले ५ अर्ब ७८ करोड रुपैयाँ, नेशनल लाइफले २ अर्ब ९८ करोड, एशिन लाइफले १ अर्ब ७३ करोड, प्राइम लाइफले एक अर्ब २२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन ।

सुर्या लाइफ र गुराँस लाइफको खुद बीमा शुल्क भने अर्ब नाघ्न सकेको छैन् । सुर्या लाइफले ९५ करोड खुद बीमा शुल्क आर्जन गर्दा एशियन लाइफले सबै भन्दा कम ७२ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ ।

सात कम्पनीको खुद नाफा ७९ करोड २१ लाख 

सात जीवन बीमा कम्पनीहरुले ७९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जस मध्ये सबै भन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स छ । नेपाल लाइफले यस अवधिमा २८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यस पछि नेशनल लाइफ इन्स्योरेन्सले १७ करोड ११ लाख सुर्या लाइफले १० करोड ८२ लाख, प्राइम लाइफले ९ करोड ५ लाख, एलआइसी नेपालले ७ करोड १७ लाख र गुराँस लाइफले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यस्तै सबै भन्दा कम एशियन लाइफले २ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।

जगेडा/जीवन बीमा कोष

जगेडा र जीवन बीमा कोषमा पनि नेपाल लाइफको सबै भन्दा धेरै रकम संचित छ । नेपाल लाइफको जगेडा कोषमा ३ अर्ब ७३ करोड र जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड रुपैयाँ संचित छ ।

यस्तै एशियन लाइफको जगेडा कोषमा सबै भन्दा कम २६ करोड रुपैयाँ छ भने जीवन बीमा कोषमा सूर्या लाइफको सबै भन्दा थोरै ४ अर्ब ३० करोड रुपैयाँ संचित छ ।

प्रतिशेयर आम्दानीमा सूर्या लाइफ अगाडि

प्रतिशेयर आम्दानीका आधारमा भने सूर्या लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । सूर्या लाइफको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १२ पैसा छ । यस्तै गुराँस लाइफको १३ रुपैयाँ ८० पैसा, नेशनल लाइफको १२ रुपैयाँ ९२ पैसा, नेपाल लाइफको १२ रुपैयाँ ७६ पैसा, एलआइसी नेपालको १० रुपैयाँ ७४ पैसा र प्राइम लाइफको १० रुपैयाँ १४ पैसा प्रतिशेयर आम्दानी छ । सबै भन्दा कम एशियन लाइफको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा छ ।

यस अवधिमा नेपाल लाइफको नेटवर्थ सबै भन्दा धेरै १८४ रुपैयाँ ९७ पैसा छ भने सबै भन्दा थोरै एशियन लाइफको १२० रुपैयाँ ९६ पैसा छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।