शेयर बजार सुस्त:सातामा अर्ब पनि पुगेन कारोबार

Feb 24, 2019 Merolagani



धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम एक अर्बसमेत पुग्न सकेन। निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोबार भएको छ ।

स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ०.२० अंकले बढेको छ। आइतबार १११२.८७ बिन्दुमा खुलेकाे बजार बिहीबार १११३.०७ बिन्दुमा बन्द भएकाे हाे।

साताभरको कारोबारमा बजार घटबढको अवस्थामा रह्यो । मङ्गलबार बजारमा उच्च अङ्कको वृद्धि भएपनि अन्य दिन बजार सामान्य अवस्थामा रहेको स्टकले जनाएको छ।

पहिलाे काराेबार दिन आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर ११०९.७२ बिन्दुमा पुग्यो । उक्त दिन कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरिद–बिक्री भए ।

यस्तै सोमबारसमेत बजार ओरालो लागेर ११०२.५१ बिन्दुमा आइपुग्यो । सो दिन कारोबारमापक नेप्से परिसूचक सात दशमलव २१ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५१ बिन्दुमामा झर्यो  कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार भने कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुमाले बढेर ११२४.९६ मा पुग्यो । स्टकका अनुसार सो दिन कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयरबजार बुधबार भने पुनः घट्यो । सो दिन कारोबार मापक नेप्से परिसूचक १२.७२ बिन्दुले घटेर १११२.२३ बिन्दुमा झर्यो ।

यस्तै साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरिद बिक्री भए ।

राससकाे सहयाेगमा




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।