माघ महिनामा कुन म्युचुअल फण्डको अवस्था कस्तो ?

Mar 03, 2019 Merolagani

दोस्रो बजारमा हुने उतारचढाबसँगै म्युचुअल फण्डको सूचकहरुमा पनि थपघट हुनेगर्छ । तर पछिल्लो समय शेयर बजारको मापन गर्ने नेप्से परिसूचक एघार सय अंकमा झरेको छ । शेयर बजारमा आएको गिरावट सँगै म्युचुअल फण्डहरुको खुद सम्पत्तिमा पनि गिरावट देखिएको छ ।

पुस महिनाको तुलनामा माघ मसान्तमा १३ वटा फण्डको खुद सम्पत्ति १९ करोड ५६ लाख रुपैयाँ घटेको छ भने सबै फण्डहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (एनएभि) मा पनि ह्रास आएको छ । माघमा म्युचुअल फण्डहरुले सूचीकृत धितोपत्रमा दुई करोड ३८ लाख रुपैयाँ लगानी थपेको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

माघ महिनामा सबै फण्डहरुको एनएभि घटयो

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका सबै म्युचुअल फण्डहरुले माघ महिनाको आर्थिक विवरण सार्वजनीक गरेका छन् । अघिल्लो महिनाको तुलनामा माघमा सबै फण्डहरुको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि)मा गिरावट देखिएको छ ।

पुस महिनाको तुलनामा माघमा १३ वटा फण्डहरु मध्ये सानिम इक्वीटी फण्डको एनएभि सबै भन्दा थोरै ५ पैसाले मात्र घटेको छ भने ग्लोबल आइएमई समुन्नत स्किम १ को एनएभि सबै भन्दा धेरै २७ पैसाले ह्रास भएको छ ।

समीक्षा अवधिसम्ममा सञ्चालनमा रहेका फण्डहरुमध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को एनएभि सबै भन्दा धेरै अर्थात ११ रुपैयाँ १८ पैसा कायम भयो । एनएमबि सुलब इन्भेष्टमेन्ट फण्ड १ को एनएभि गतमहिनाको तुलनामा १५ पैसाले संकुचित भएको हो ।

यता एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईबिएल प्रगति फण्डको एनएभि २३ पैसाले घटेर सबै भन्दा थोरै ७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

यसैगरी सिटिजन म्युचुअल फण्ड १ को २१ पैसा, एनआईबिएल समृद्धि फण्ड १ को १९ पैसा, लक्ष्मी भ्यालु फण्ड १ को १८ पैसा, लक्ष्मी इक्वीटी फण्डको १७ पैसा, नबिल इक्युटि फण्डको १६ पैसा, सिद्धार्थ इक्वीटी तथा एनआईसि एसिया ग्रोथ फण्डको १३ पैसा, सिद्धार्थ इक्वीटीओरियन्टल स्किमको १० पैसा र एनएमबि हाइब्रिडको ७ पैसाले संकुचित भएकोछ ।

यस्तो छ म्युचुअल फण्डहरुको खुद सम्पत्तिको अवस्था

माघ महिनामा सबै फण्डहरुको खुद सम्पत्ति खस्किएको छ । यस महिनामा खुद सम्पत्तिको आधारमा सिद्धार्थ इक्वीटी फण्डले अग्रता लिएको छ । यस महिनासिद्धार्थ इक्वीटी फण्डको खुद सम्पत्ति सबै भन्दा धेरै अर्थात एक अर्ब ५९ करोड ३१ लाख रुपैयाँ छ भने लक्ष्मी फण्ड–१को खुद सम्पत्ति सबै भन्दा थोरै अर्थात ५३ करोड ५६ लाख रुपैयाँ छ ।

पुस महिनाको तुलनामा माघ महिनामा एनएमबि हाइब्रिडको खुद सम्पत्ति सबै भन्दा थोरै अर्थात ६३ लाख रुपैयाँले घटेको छ भने ग्लोबल आइएमई समुन्नतको सबै भन्दा धेरै दुई करोड ७२ लाख रुपैयाँले साँधुरिएको हो । साथै यस महिना १३ वटै फण्डहरु बाट १९ करोड ५६ लाख रुपैयाँ घटेको छ ।


एनआईबिएल समृद्धिको दुई कारोड तथा नबिल इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी, सिटिजन्स म्युचुअल फण्ड, सिद्धार्थ इक्वीटी ओरियन्टल स्किम, एनआईबिएल प्रगति फण्डको, एनएमबि सुलब इन्भेष्टमेन्ट फण्ड १ को, एनआईसि एशिया ग्रोथ फण्ड र सिद्धार्थ इक्वीटी ओरियन्टल स्किमको खुद सम्पत्ति मूल्य एक करोड रुपैयाँ भन्दा धेरैले घटेको छ । साथै लक्ष्मी भ्यालु फण्ड –१ को ८९ लाख र सानिमा इक्वीटीको खुद सम्पत्ति ७४ लाख रुपैयाँले ह्रास भएको हो ।

माघमा शेयर बजारमा कती रकम थप भयो ?

पुस महिनाको तुलनमा माघ महिनामा फण्डहरुको तर्फबाट शेयर बजारमा दुई करोड ३८ लाख रुपैयाँ लगानी थपिएको छ । पछिल्लो समय कम्पनीहरुले धमाधम प्रथामिक निष्काशन आइपिओ जारी गरेकाले फण्डहरुको यस महिना शेयर बजारमा लगानी बढेको हो ।

पुस महिनाको तुलनामा माघमा ६ वटा फण्डको शेयरमा लगानी बढेको छ भने ७ वटाको लगानी घटेको छ । शेयर बजारमा लगानीको आधारमा लक्ष्मी इक्वीटी फण्डको लगानी सबै भन्दा धेरै रहेको छ । फण्डले यस महिना ८ करोड ४९ लाख रुपैयाँले शेयर बजारमा लगानी थप गरेको छ । लक्ष्मी इक्वीटी फण्डको पुस महिना ७१ करोड ३० लाख रुपैयाँ लगानी थियो भने माघ महिनामा शेयरमा लगानी ७९ करोड ६५ लाख रुपैयाँ पुर्याएको हो । 

यस महिना सानिमा इक्वीटीको ७ करोड ७ लाख रुपैयाँ सिटिजन्स म्युचुअल फण्डको ४ करोड २५ लाख रुपैयाँ, सिद्धार्थ इक्वीटी फण्डको एक करोड १५ लाख रुपैयाँ र लक्ष्मी भ्यालु फण्डको ३५ लाख रुपैयाँ र ग्लोबल आइएई स्किमको १७ लाख रुपैयाँले शेयरमा लगानी बढेको छ । 

शेयर बजारमा कसको कति लगानी ?

यता १३ वटा फण्डहरु मध्ये एनएमबि हाईब्रिड फण्डको शेयरमा लगानी सबै भन्दा थोरै देखिएको छ । फण्डको माघ मसान्तसम्मा २३ करोड ९६ लाख रुपैयाँ मात्र शेयर बजारमा लगानी रहको छ । यस फण्डको पुस महिनाको तुलनामा माघमा ९३ लाख रुपैयाँले शेयरमा लगानी घटेको हो ।
साथै पुस महिनाको तुलनामा माघमा सिद्धार्थ इक्वीटी ओरियन्टल स्किमको सबै भन्दा धेरै अर्थात

९ करोड ३४ लाख रुपैयाँ शेयर बजारबाट लगानी घटेको छ । समीक्षा अवधिमा फण्डको शेयरमा लगानी ४० करोड ६५ लाख रुपैयाँ छ ।



गत महिना सबै भन्दा धैरै शेयर बजारमा लगानी गरेको एनआईबिएल समृद्धि स्किमको माघ महिनामा दुई करोड ८४ लाख रुपैयाँले लगानी घटेर ७० करोड ७५ लाख रुपैयाँमा झरेको छ । 

साथै माघ महिनामा एनआईसि एशिया ग्रोथ फण्ड, एनएमबि सुलब इन्भेष्टमेन्ट फण्ड १, एनआईबिएल प्रगति फण्ड र नविल इक्वीटी फण्डको शेयरमा लगानी एक कारेड भन्दा धेरैले संकुचित भएको छ ।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।