पहिलो योजना अन्तर्गत एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एन आई सी एशिया इक्वीटी अपर्चुनिटी फण्ड आउन लागेको हो। यस योजनाको कुल आकार ८ करोड इकाई रहेको छ। यसको प्रति इकाई निष्कासन मूल्य १० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी दोस्रो योजनाका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ म्युचुअल फण्ड २ सञ्चालनमा आउने भएको छ। यस फण्डको कुल आकार १० करोड इकाई रहेको छ र यसको पनि प्रति इकाई निष्कासन मूल्य दश रुपैयाँ नै तोकिएको छ।
यी दुवै सामूहिक लगानी योजनाहरूका लागि नेपाल धितोपत्र बोर्डबाट भाद्र १० गते स्वीकृति प्रदान गरिएको हो। बोर्डबाट स्वीकृति प्राप्त भएसँगै अब यी दुवै फण्डहरूलाई साधारण जनता तथा लगानीकर्ताहरूका लागि विवरण पुस्तिका प्रकाशन गरी इकाई निष्कासन गर्ने बाटो खुलेको छ।