माथिल्लो तामाकोशीको ९८ प्रतिशत निमार्ण सम्पन्न

Mar 18, 2019 Merolagani



सरकारको सार्थक प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगतिमा गुणात्मक प्रगति देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८ प्रतिशत भएको जानकारी दिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको आयोजनाको भौतिक प्रगतिमा निर्माण व्यवसायीका कारण उल्झन देखिएपछि मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजना सहित प्रस्तुत हुन निर्देशन दिएका थिए।

पछिल्लो समयमा सोही निर्देशनानुसार आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरेका छन्। हाल ठाडो सुरुङ्गमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ। आगामी कात्तिक मसान्तसम्म सो आयोजनाको निर्माण सक्ने गरी काम भइरहेको छ।

‘भर्टिकल पेनस्टक सार्प’ मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत व्यवस्थापन गरिएको मन्त्री पुनको भनाइ छ।

आयोजनामा देखिएको समस्या समाधानका लागि गरिएको पहल सार्थक हुँदै गएको जानकारी दिँदै मन्त्री पुनले माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने बताए। आयोजना पूर्ण स्वदेशी लगानीमा निर्माण भइरहेको छ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।