नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा शिर्ष स्थानमा रहेको आईपिओ शिर्षकभित्र रहेको आईपिओ रिजल्ट अप्सन (IPO RESULT) मा जानुहोस्।
त्यसपछि आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी स्पर्श लघुवित्त वित्तीय संस्था छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी बटन (SEARCH Botton) मा गएर आफूलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका कूल २ लाख ९८ हजार ३५३ जनामध्ये २ लाख ७३ हजार १५३ जनाको हात खाली भएको छ भने ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
कास्कीमा केन्द्रीय कार्यालय रहेको स्पर्शले फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्काशन गरेको थियाे । यसमध्ये ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारीलाई र १३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन खुला गरेको थियो ।
सो आईपिओ शेयरमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२.२३३ गुणा बढी अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरकाे माग सदर भएकाे थियाे भने ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको थियाे।
आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । यस्तै संस्थाले संस्थापकतर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा कायम हुनेछ।