विश्वको सबैभन्दा ठूलो विमानले भर्याे उडान

Apr 15, 2019 Merolagani

विश्वको सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान गरेको छ । स्ट्रेटोलन्च नामक सो विमानले शनिवार क्यालिफोनिर्यामा परीक्षण उडान गरेको हो । पंखाको लम्बाईको आधारमा स्ट्राटोलन्च विश्वको सबैभन्दा ठूलो विमान हो ।

विमानको उडान परीक्षण करीब साढे २ घन्टासम्म मोजावेको मरुभूमीमाथि चलेको थियो । यस क्रममा विमान १७ हजार फीट माथिसम्म उडेको थियो । विमानको गति १७० माइल प्रतिघन्टासम्म पुगेको बताइएको छ ।

यसको निर्माण स्ट्रेटोलन्च नामक कम्पनीले गरेको हो । विमानमा ६ ओटा इञ्जिन रहेका छन् । विमानको पंखाको लम्बाई ३८५ फिट रहेको छ । यो अमेरिकी फुटबल मैदानभन्दा पनि ठूलो भएको बताइएको छ ।

विमानलाई भूउपग्रह प्रक्षेपक अर्थात् सेटलाइट लञ्च प्याडको रुपमा विकास गरिएको छ । यो विमानले रकेट र उपग्रहलाई अन्तरिक्षमा पुग्नका लागि सहयोग गर्ने बताइएको छ । विमान जमिनबाट १० किलोमिटरमाथि उडेको बेलामा अन्तरिक्षमा भूउपग्रह प्रक्षेपण गर्न सकिन्छ ।

यदि यो परियोजना सफल भयो भने यसबाट भूउपग्रह प्रक्षेपण सस्तो हुने बताइएको छ । पृथ्वीको अक्षमा पहुँच व्यवसायिक विमान चढेजत्तिकै सजिलो बनाउने उद्देश्यले यो विमानको निर्माण गरिएको बताइएको छ ।

स्ट्रेटोलन्चको स्थापना माइक्रोसफ्टका सह–संस्थापक पाउल एल्लेनले सन् २०११ मा गरेका थिए । बेलायती अर्बपति व्यापारी रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालेक्टिकले पनि धेरै माथिबाट रकेट लञ्च गर्न मिल्ने विमान बनाएको छ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।