मर्जर प्रकृयामा रहेका मिसन र तिनाउको औसत प्रगति

Apr 17, 2019 Merolagani



मिसन डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा औसत प्रगति गरेका छन्। गत आवको तुलनामा मिसनको १५.०८ र तिनाउको खुद नाफा १३.३७ प्रतिशतले सुधारिएको छ।

५७ करोड ६४ लाख ७० हजार रुपैयाँ चुक्ता पूँजी रहेको मिसन डेभलपमेन्ट बैंक (MIDBL) ले चैत मसान्तसम्म ६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १४ रुपैयाँ ९६ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ । गत आवको यसै अवधिमा बैंकको खुद नाफा ५ करोड ६१ लाख ९१ हजार रुपैयाँ रहेको थियो।

चार अर्ब ८८ करोड ६९ लाख निक्षेप संकलन र चार अर्ब ३४ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले २३.२४ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर १५ करोड ८२ लाख रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३२ प्रतिशतले बढ्दा कर्जा लगानी ३५ प्रतिशतले सुधार आएको हो।

१२ करोड ७ लाख जगेडा कोष रहेको बैंकको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९४ पैसा रहेको छ । बैंकको खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

उता ५६ करोड ७७ लाख ६७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको तिनाउ विकास बैंक (TNBL) ले चैत मसान्तसम्म ६ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १४ रुपैयाँ ३५ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ । गत आवको यसै अवधिमा बैंकको खुद नाफा ५ करोड ३८लाख ९२ हजार रुपैयाँ रहेको थियो।

पाँच अर्ब ३१ करोड ८२ लाख निक्षेप संकलन र चार अर्ब ५७ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले २०.७१ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर १४ करोड ५० लाख रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १८.६२ प्रतिशतले बढ्दा कर्जा लगानी २०.५० प्रतिशतले सुधार आएको हो।

१३ करोड ७९९ लाख जगेडा कोष रहेको बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ६४ पैसा रहेको छ । बैंकको खराब कर्जा अनुपात ०.३८ प्रतिशत छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।