बाँसबाट बनेको कपडा ल्याउँदै रामदेवको पतञ्जली, पाँच सय बढी शोरुम खोल्ने

Apr 18, 2019 Merolagani

बाबा रामदेव आयुर्वेदिक उत्पादनको जगतमा एउटा नयाँ उत्पादन ल्याउने तयारीमा रहेका छन् । एक वर्ष पहिले स्वदेशी सिम लञ्च गरेर टेलीकमको दुनियाँमा कदम राखेका रामदेवले पतञ्जली बजारमा बाँसबाट बनेको कपडा ल्याउने भएका छन् ।

यसका लागि पतञ्जलीले भारतभरमा ५ सय भन्दा धेरै पतञ्जली पोशाक शोरुम खोल्ने भएको छ । योग गुरु बाबा रामदेवले ती केन्द्रहरुमा बाँसबाट बनेको कपडा पनि बेचिने बताएका हुन् ।

पतञ्जलीको पहिलो पोशाक शोरुम मंगलबार राजस्थानमा बाबा रामदेवले उद्घाटन गरेका हुन् । उक्त अवसरमा बाबा रामदेवले शोरुममा पुरुषका लागि संस्कार, महिलाहरुका लागि आस्था र स्पोर्ट्स पहिरनका सथै बाँसबाट बनेका विभिन्न प्रकारका कपडाहरुका पाइने बताए ।

रामदेवले स्देशीका साथै पतञ्जलीका पोशाकहरुमा गुणस्तरका मामलामा कुनै पनि सम्झौता नगरिने बताए । यसका लागि उनले १०० भन्दा अधिक विशेषज्ञहरुलाई गुणस्तर नियन्त्रणका लागि राखिएको बताइएको छ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।