३० प्रतिशतले घट्यो जेट एयरवेजको शेयर मूल्य

Apr 18, 2019 Merolagani

भारतीय निजी विमान कम्पनी जेट एयरवेजको शेयर मूल्यमा ३० प्रतिशतले गिरावट देखिएको छ । आर्थिक संकटको सामना गरिरहेको जेटले आफ्ना सबै उडान अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेको छ । योसँगै बिहीबार बजार खुल्ने वित्तिकै जेट एयरवेजको शेयरमा उच्च गिरावट देखिएको थियो ।

बिहीवार बिहानी बम्बे स्टक एक्सचेञ्जको प्रमुख शेयर परिसूचकमा कम्पनीको शेयर प्रतिकित्ता २१६ भारु का साथ बजार खुलेको थियो भने केही समयमा नै कम्पनीको शेयर मूल्यमा २६.७३ प्रतिशतको गिरावट देखिएको थियो ।

हाल कम्पनीको बजार पूँजीकरण ३२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

२५ वर्ष पुरानो एयरलाइन्स कम्पनीको जेटसँग अहिले १ अर्ब २० करोड डलरको ऋण छ । जेटको संकट बढेसँगै ४०० जना पाइलटले जागिर छोडिसकेका छन् । अब जेटसँग १३ सय जना पाइलट मात्र बाँकी रहेका छन् । ३ महिनादेखि तलब नपाएका कारण अरु पाइटलहरु पनि आन्दोलनमा रहेका छन् ।

जेट एयरवेजका सबै उडान बन्द हुने आशंकाको खबरका कारण जेटको शेयर बीएसईमा मंगलबार मात्र पनि १८.५ प्रतिशतसम्मको गिरावट देखिएको थियो । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।