तीन हाइड्रो र एक लघुवित्तको आईपिओ भरेर शेयरधनी बन्ने बिहीबार अन्तिम अवसर,तपाई छुट्नुभयो कि ?

Apr 25, 2019 Merolagani

बैशाख १२ गते बिहीबार कार्यालय समयपश्चात तीन हाइड्रोपावर र एक लघुवित्त गरि चार कम्पनीको आईपिओ बन्द हुँदैछ। यसअनुसार युनियन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, सञ्जेन जलविद्युत र गणपति माइक्रोफाइनान्सको आईपिओमा भरेर शेयरधनी बन्ने अवसर लगानीकर्तालाई बिहीबार कार्यलय समयसम्म मात्र हुनेछ।

चैत १३ देखि आईपिओ खुला गरेको युनियन हाइड्रोपावर, बैशाख ६ गतेदेदखि शेयर निष्काशन गरेका रसुवागढी र सान्जेन जलविद्युत कम्पनी र ९ गतेदेखि आईपिओ खुला गरेको गणपति माइक्रोफाइनान्सको एकैपटक निष्काशन बन्द हुन लागेको हो । 

प्रयाप्त आवेदन नपर्दा युनियन हाइड्रोपावरको समय एक महिना लम्बिएको हो भने एकै पटक धेरै कम्पनीको शेयर बिक्री खुला भएपछि सिडीएससीको मेरो शेयरमा समस्या देखिएको भन्दै धितोपत्र बोर्डले रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको आईपिओमा आवेदन गर्ने समय दुई दिन थप गरेको थियो।

यस्तै गणपति माइक्रोफाइनान्सको आईपिओ पनि अत्याधिक आवेदन परेपछि चार दिनमा नै बन्द हुन लागेको हो ।

युनियन हाइड्रोपावरको आईपिओ सबै बिक्यो,बिहीबार नै बन्द हुँदै

युनियन हाइड्रोपावरले चैत १३ देखि खुला गरेको साधारण शेयर (आईपिओ) मा पनि बैशाख १२ गते बिहीबार बन्द हुँदैछ । युनियनले आईपिओमा चैत १७ गतेसम्म सबै शेयर बिक्री नहुँदा नभएपछि आबेदन गर्ने समयावधि लम्बिएको हो ।

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटका अनुसार बैशाख १२ गते बिहीबार बिहान १० बजेसम्म हाइड्रोपावरको आईपिओमा४६ हजार १७८ जनाले आवेदन गरेका छन् ।

युनियन हाइड्रोपावरको शेयर ४६ हजार १७८ आवेदनबाट ३६ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको ३६ लाख ११ हजार ५६० कित्ता शेयर माग भएको जनाएको छ ।

युनियन हाइड्रोपावरले चैत १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ३४ लाख ६३ हजार ६५४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

रसुवागढी र साञ्जेन जलविद्युतका आईपिओमा आवेदन गर्ने अन्तिम मौका 

रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको आईपिओमा आवेदन गर्ने  १२ गते बिहीबार अन्तिम दिन हो।

सिद्धार्थ क्यापिटलका अनुसार बैशाख १२ गते बिहीबार बिहान सम्म रसुवागढीको आईपिओमा १ अर्ब ६५ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ५३ हजार ५९० कित्ता शेयरको लागि आबेदन परेको जनाएको छ । रसुवागढीको आईपिओमा २ लाख ९१ हजार ३९७ आबेदन गरेका  छन्।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

यस्तै साञ्जेन जलविद्युत्तको बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १ अर्ब ३६ करोड ७६ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख ७६ हजार ७०० कित्ता शेयरका लागि आवेदन परेको छ । २ लाख ५३ हजार ६०० वटा आवेदनबाट सो माग भएको हो ।

यसैगरि साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको हो ।

गणपति माइक्रोफाइनान्समा करिब ४ गुणा बढी आवेदन

गणपति माइक्रोफाइनान्सको आईपिओमा पनि बिहीबारसम्म आवेदन गर्न सकिनेछ ।

माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बैशाख १२ गते बिहीबार बिहानसम्ममा ६३ हजार ८८१ वटा आबेदनबाट १३ लाख १ हजार ३४० कित्ता बराबरको १३ करोड १ लाख ३४ हजार रुपैयाँको आबेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको कुल ३ लाख ३५ हजार कित्ता शेयरको ३.८८ गुणा बढी आवेदन हो ।

गणपतिले सर्वसाधारणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ३ लाख १३ हजार ७५ कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीले कूल ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेकोमा ५ हजार १७५ माइक्रोफाइनान्सका कर्मचारीहरुका लागि र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई आरक्षण गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।