चिनीयाँ सामानमा शुल्क बढाउने अमेरिकाको चेतावनीपछि व्यापार वार्ता रद्द गर्ने तयारीमा चीन

May 08, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०० अर्ब डलर बराबरको चिनीयाँ सामानमा शुल्क बढाउने चेतावनी दिएपछि चीनले अमेरिकाका साथ हुन लागेको उच्च स्तरीय वार्ता रद्द गर्ने तयारी गरिरहेको बताइएको छ ।

ट्रम्पले केही दिन पहिले मात्र चीनबाट आयात गरिने २०० अर्ब डलर बराबरको सामानमा शुल्क दर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने चेतावनी दिदैँ एक ट्वीट गरेका थिए ।

चीनका उपप्रधानमन्त्री लियू हेईको अध्यक्षतामा एक उच्च स्तरीय चिनीयाँ प्रतिनिधिमण्डल यसै हप्ता वाशिंगटनमा वैठक हुने तयारी रहेको थियो । वैठकको लक्ष्य दुई देशका बीचको व्यापार युद्धको समाभान गर्नु रहेको थियो । ताकि विश्व अर्थव्यवस्थाको चिन्ता हटाउन सकियोस् ।

तर ट्रम्पको उक्त चेतावनीसँगै चीनले वाशिंगटनमा बुधबार हुने भनिएको व्यापार वार्ता रद्द गर्ने बारेमा विचार गरिरहेको बताइएको छ ।

शुक्रबारसम्म विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीचको वार्ता कुनै निश्चित सम्झौताको बिन्दुमा पुग्ने अपेक्षा विश्वव्यापी रुपमा गरिएको थियो । तर ट्रम्पको चेतावनीले दुई देशबीचको सम्बन्धलाई कुन मार्गमा लैजान्छ भन्ने कुरा अन्तराष्ट्रिय चासोको विषय बनेको छ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।