गुराँस लघुवित्तको आईपिओ: कतिले पाउँछन् शेयर ?

May 09, 2019 Merolagani



गुराँस लघुवित्त (GLBSL)ले बैशाख १६ गते देखि निष्काशनमा ल्याएको आईपिओ बैशाख २६ गते बिहीबार बिहान बाँडफाँड हुँदैछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा उक्त आईपिओ बाँडफाँड गर्न लागिएको हो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड हुने उक्त आईपिओ २३ हजार ३६३ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् ।

सर्वसाधारणमा निष्काशन गरिएको आईपिओमा २० गुणा अधिक ४५ लाख ४८ हजार कित्ता आवेदन परेको छ ।

दुई लाख ४२ हजार ६०० जना आवेदकले आईपिओमा आवेदन गरेका छन् । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ सर्वसाधारणमा निष्काशनमा ल्याएको थियो।

लघुवित्तले कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएइएको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।