कुमारी बैंकको दुई आर्थिक वर्षको लाभांश पारित, चुक्ता पूँजी ८ अर्ब ६८ करोड पुग्ने

May 09, 2019 Merolagani



कुमारी बैंक (KBL) को बिहीबार सम्पन्न १७ औं र १८ औं वार्षिक साधारण सभाले दुई आर्थिक वर्षको लाभांश पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७३/०७४ को १२.७५ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४/०७५ को लागि ८.५० प्रतिशत बोनस शेयर गरी जम्मा २१.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको २१.२५ प्रतिशत बोनस पछि चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । साधारण सभा बैंकका अध्यक्ष सन्तोष कुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म ७७ अर्ब २९ करोड रुपैयाँ कुल निक्षेप संकलन गरी ७३ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा बेंकले १ अर्ब ४२ करोड आम्दानी गरी १ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाई रहेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।