एनएमबि बैंकको १५ प्रतिशत बोनश शेयर पारित, कति पुग्यो चुक्ता पूँजी ?

Aug 17, 2018 Merolagani



अघिल्लो आर्थिक बर्षको बोनश शेयर वितरण गरेर एनएमबि बैंक(NMB) ले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याएको छ । बैंकको बिहीबार सम्पन्न २२ औं बार्षिक साधारणसभाले १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनशपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ।

बैंकको साधारणसभाले आर्थिक वर्ष २०७३।०७४को वितरण योग्य मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

बैंकले साधारण सभा प्रयोजनका लागि गत साउन १७ गते शेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार साउन १६ गते बुधबारसम्म कायम रहेका शेयरधनीले मात्र बैंकले पारित गरेको बोनश पाउनेछन् ।

साथै बैंकले यसअघि बिक्री गरेको एफपिओका शेयरधनीले पनि उक्त लाभांश पाउने बैंकले जनाएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।