एनएमबि बैंकको १५ प्रतिशत बोनश शेयर पारित, कति पुग्यो चुक्ता पूँजी ?

Aug 17, 2018 Merolagani



अघिल्लो आर्थिक बर्षको बोनश शेयर वितरण गरेर एनएमबि बैंक(NMB) ले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याएको छ । बैंकको बिहीबार सम्पन्न २२ औं बार्षिक साधारणसभाले १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनशपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ।

बैंकको साधारणसभाले आर्थिक वर्ष २०७३।०७४को वितरण योग्य मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

बैंकले साधारण सभा प्रयोजनका लागि गत साउन १७ गते शेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार साउन १६ गते बुधबारसम्म कायम रहेका शेयरधनीले मात्र बैंकले पारित गरेको बोनश पाउनेछन् ।

साथै बैंकले यसअघि बिक्री गरेको एफपिओका शेयरधनीले पनि उक्त लाभांश पाउने बैंकले जनाएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।