देवः विकास बैंकको बुक क्लोज मिति तय, ५.५ प्रतिशत बोनस

May 28, 2019 Merolagani



देवः विकास बैंकले लाभांश पारित गर्न बुक क्लोज मिति तय गरेको छ । जेठ १३ गते बसेको संचालक समितिको २७६ औं बैठकले असार ६ गते देखि १२ गते सम्म शेयरधनी दर्ता किताव बन्द (बुक क्लोज) गर्ने भएको हो ।

त्यस अनुसार असार ५ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

बैंकको १२ औं बार्षिक साधारण सभाले लाभांश पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । बैंकले साधारण सभा गर्ने मिति र स्थान भने सार्वजनिक गरेको छैन् ।

बैंकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ लाख ९३ हजार ५२४. १९ कित्ता बोनस बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात ९.५३ गुणा छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।