रोकिएको निर्वाचन गर्न कुमारी बैंकले बोलायो विशेष साधारण सभा

May 26, 2019 Merolagani



कुमारी बैंक (KBL) ले सञ्चालक समितिको निवार्चन गर्न विशेष साधारण सभा बोलाएको छ । बैंकको गत वैशाख २६ गते सम्पन्न सत्रौं तथा अठारौं बार्षिक साधारण सभामा संचालक समितिको निर्वाचन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिए पछि संचालक चयन नगरी साधारणसभा गरेको थियो ।

बैंकको सञ्चालक समितिमा कम्तिमा एकजना महिला सञ्चालन हुनु पर्ने भन्दै बैंकको एक महिला शेयरधनीले उच्च अदालतमा रिट दायर गरेपछि उच्च अदालत पाटनले निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो ।

जेठ १० गते शुक्रबार अदालतले दुवै पक्षसँग छलफल गरी उक्त रिट खारेज गरे पछि सञ्चालक समितिको निर्वाचन गर्न बैंकलाई बाटो खुल्ला भएको हो ।

बैंकले आगामी जेठ ३१ गते शुक्रबार बिशेष साधारण सभा बोलाएको छ । उक्त सभा डिल्लीबजार स्थिति अमृतभोग पार्टी प्यालेसमा अपरान्ह १२ः३० बजे देखि सुरु हुने बैंकले जानकारी गराएको छ ।

बैंकले संचालक समितिको निर्वाचन गर्न बिशेष साधारणसभा आह्वान गरेको हो । बिशेष सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक तर्फबाट दुई जना र सर्वसाधारण तर्फबाट दुई जना गरी कम्तिमा एक जना महिला सहित चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि जेठ २० गते बुक क्लोज गर्ने भएको छ । जेठ १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।