रोकिएको निर्वाचन गर्न कुमारी बैंकले बोलायो विशेष साधारण सभा

May 26, 2019 Merolagani



कुमारी बैंक (KBL) ले सञ्चालक समितिको निवार्चन गर्न विशेष साधारण सभा बोलाएको छ । बैंकको गत वैशाख २६ गते सम्पन्न सत्रौं तथा अठारौं बार्षिक साधारण सभामा संचालक समितिको निर्वाचन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिए पछि संचालक चयन नगरी साधारणसभा गरेको थियो ।

बैंकको सञ्चालक समितिमा कम्तिमा एकजना महिला सञ्चालन हुनु पर्ने भन्दै बैंकको एक महिला शेयरधनीले उच्च अदालतमा रिट दायर गरेपछि उच्च अदालत पाटनले निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो ।

जेठ १० गते शुक्रबार अदालतले दुवै पक्षसँग छलफल गरी उक्त रिट खारेज गरे पछि सञ्चालक समितिको निर्वाचन गर्न बैंकलाई बाटो खुल्ला भएको हो ।

बैंकले आगामी जेठ ३१ गते शुक्रबार बिशेष साधारण सभा बोलाएको छ । उक्त सभा डिल्लीबजार स्थिति अमृतभोग पार्टी प्यालेसमा अपरान्ह १२ः३० बजे देखि सुरु हुने बैंकले जानकारी गराएको छ ।

बैंकले संचालक समितिको निर्वाचन गर्न बिशेष साधारणसभा आह्वान गरेको हो । बिशेष सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक तर्फबाट दुई जना र सर्वसाधारण तर्फबाट दुई जना गरी कम्तिमा एक जना महिला सहित चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि जेठ २० गते बुक क्लोज गर्ने भएको छ । जेठ १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।