राधी विद्युतले १० प्रतिशत बोनस वितरण गर्ने

Jun 05, 2018 Merolagani



राधी विद्युत कम्पनी (RADHI) ले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस र ०.६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले असार २४ गते आइतबार साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले चुक्ता पूँजीको ४१ करोड १० लाख रुपैयाँको बोनस र २४ लाख ६० हजार रुपैयाँ नगद लाभांश बितरण गर्ने भएको हो । साधारण सभा गर्ने प्रयोजनको लागि कम्पनीले असार ५ गते देखि २४ गते सेयरधनी दर्ता किताब बन्द भएको छ । 

कम्पनीको चुक्ता पूँजी ४१ करोड बाट एक अर्ब २० करोड पुर्याउनको लागि प्रबन्धपत्र संशोधोन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग रहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।