लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

Nov 26, 2018 Merolagani



नागरिक लगानी कोषले पुस ६ गते, बिहान ११ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाण्डौंमा २३ औं सााधारण सभा आह्वान गरेको छ। सभाले आर्थिक वर्ष २०७३/ ७४ आम्दानीबाट प्रस्तावित २२.०६ प्रतिशत बोनस र १.१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लगि) प्रस्ताव पारित गर्नेछ ।

नागरिक लगानी कोषले साधारण सभा प्रयोजनको लागि मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ ।

मंसिर ८ गते बसेको कोष सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज गर्ने मिति ताेकेकाे हो ।

त्यस अनुरुप मंसिर १५ गते सम्ममा कायम शेयरधनीले कोषले वितरण गर्ने लाभांश प्राप्त गर्नेछ ।

सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट एक/एक जना प्रतिधिधि नियुक्त गर्ने तयारी पनि गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान प्रतिवेदन पारित गर्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।