लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

Nov 26, 2018 Merolagani



नागरिक लगानी कोषले पुस ६ गते, बिहान ११ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाण्डौंमा २३ औं सााधारण सभा आह्वान गरेको छ। सभाले आर्थिक वर्ष २०७३/ ७४ आम्दानीबाट प्रस्तावित २२.०६ प्रतिशत बोनस र १.१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लगि) प्रस्ताव पारित गर्नेछ ।

नागरिक लगानी कोषले साधारण सभा प्रयोजनको लागि मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ ।

मंसिर ८ गते बसेको कोष सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज गर्ने मिति ताेकेकाे हो ।

त्यस अनुरुप मंसिर १५ गते सम्ममा कायम शेयरधनीले कोषले वितरण गर्ने लाभांश प्राप्त गर्नेछ ।

सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट एक/एक जना प्रतिधिधि नियुक्त गर्ने तयारी पनि गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान प्रतिवेदन पारित गर्नेछ ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।